बिप्लव समूहका नेताको हत्याकाण्ड अकस्मात बल्झियो

बिप्लव समूहका नेताको हत्याकाण्ड अकस्मात बल्झियो

दुई वर्षअघि प्रहरीद्वारा हत्या गरिएका विप्लव नेतृत्वको नेकपाका सर्लाही ईन्चार्ज कुमार पौडेल हत्याकाण्डलाई लिएर सो पार्टीभित्र ‘लफडा’ देखिएको छ । हत्यामा केन्द्रीय सदस्य सन्देश पौडेलको संलग्नता रहेको कुमारको परिवारका सदस्यले दाबी गरेपछि ‘लफडा’ बाहिरिएको हो ।

सन्देश र परिवारका सदस्यबीचको टकराव पार्टीभित्र सीमित रहेकोमा अस्ति असार ५ गते केन्द्रीय कार्यालयबाट विज्ञप्ति आएपछि बाहिरै छरपष्ट भएको हो । पार्टीले संस्थागत रुपमै सन्देशमाथिको आरोप आपत्तिजनक भएको धारणा सार्वजनिक गरेपछि कुमारका भाइ हरिकृष्ण पौडेल र दिदी लक्ष्मी पौडेलले सामाजिक सञ्जालमार्फत मुख खोलेका हुन् ।

मधेस आन्दोलनमा मधेसीहरुसँग पैसा उठाएर आन्दोलनकारी मारेको आरोप लागेका प्रहरीले नै कुमारलाई गोली हानेको बताइन्छ ।

केन्द्रीय कार्यालयको विज्ञप्ति आएपछि आक्रोशित भएका उनीहरुले सन्देशलाई जोगाउनका लागि पीडितलाई थप पीडा दिइएको आरोप लगाएका छन् । पार्टीको आन्तरिक राजनीतिसमेत जोडेर कुमारका भाइ हरिकृष्णले सन्देशको विश्वासमा पार्टीले आफूहरुलाई अन्याय गरेको बताएका छन् । हरिकृष्णले पार्टीमा बिचलन आएको,आपराधिक घटना बढेको र आर्थिक अनियमितता मौलाएको भन्दै ती सबै घटनामा सन्देशको संलग्नता दाबी गरेका छन् ।

दुईपक्षीय लफडा बढ्दै जाँदा एक वर्ष पहिले कुमारका दाइले सन्देशलाई कुटपिटसमेत गरेको बताइन्छ ।

फेसबुकमा लामो भिडियो सार्वजनिक गर्दै उनले कुमार पौडेलको हत्यामा सन्देशको संलग्नताको प्रमाण आफूसँग भएपनि पार्टी नेतृत्वले जोगाइरहेको आरोप लगाएका छन् । उनले अपराधीसँग मिलेर सन्देशले अपराधको संरक्षण गरी उल्टै पीडितलाई सताएको बताएका छन् ।विप्लव नेकपाका एक नेताले भने पीडित परिवारको आरोप निराधार रहेको बताए । कुमारको हत्यामा आरोपित मान्छे र सन्देशको राजनीतिक पृष्ठभूमि मिलेकै आधारमा आरोप लगाउनु गलत हुने उनले बताए । उनका अनुसार पार्टीका केन्द्रीय सदस्य सन्देश र कुमारको हत्याको आरोप लागेका त्यहाँका मेयरको राजनीतिक पृष्ठभूमि एउटै हो ।

केन्द्रीय सदस्य सन्देश र कुमारको हत्याको आरोप लागेका त्यहाँका मेयरको राजनीतिक पृष्ठभूमि एउटै हो ।

प्रहरीको सर्वाधिक खोजी सूचिमा रहेका कुमार मारिंदा उनीसँग अरु तीन,चार जना कार्यकर्ता थिए । घटनापछि फरार भएका उनीहरुलाई पछि पार्टीले अनुसन्धानमा ल्याएको बताइन्छ । जानकार स्रोतका अनुसार तल्लो तहमा गरिएको अनुसन्धान प्रभावकारी नहुने भन्दै कुमारको परिवारले त्यतिबेलै नेतृत्व तहबाट छानविन हुनुपर्ने अडान राखेका थिए । घटनामा साँठगाँठको आशंका गरिएकाहरु त्यसै छुटेपछि सन्देशसँग थप आक्रोशित बनेका हरिकृष्ण पार्टीसँग पनि रुष्ट बनेका थिए । दुईपक्षीय लफडा बढ्दै जाँदा एक वर्ष पहिले कुमारका दाइले सन्देशलाई कुटपिटसमेत गरेको बताइन्छ ।

कसरी मारिएका थिए पौडेल ?

कुमार प्रहरी कारवाहीमा मारिँदा विप्लवको पार्टी प्रतिवन्धित थियो । नेता-कार्यकर्ता शृङ्खलाबद्ध रुपमा पक्राउ परिरहेका थिए । पार्टीको सर्लाही इञ्चार्ज रहेका पौडेलमाथि विध्वंशात्मक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले निगरानी बढाएको थियो ।

सोही क्रममा प्रहरीसँगको मुठभेडमा उनी मारिए । प्रहरीले जवाफी कारवाहीमा गोली लागेको बताएको छ भने विप्लव नेकपाले समातेर हत्या गरिएको दाबी गर्दै आएको छ ।

हत्याबारे छानविन गर्न गठित सरकारी छानविन समितिले प्रहरीसँगको जम्काभेटमा पौडेलले फायर खोलेपछि प्रहरीको जवाफी कारवाहीमा मृत्यु भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । समितिको प्रतिवेदनमा लालबन्दीबाट सिन्धुलीतर्फ जाने क्रममा कुमारको प्रहरीसँग बाटोमा जम्काभेट भएको र उनीसँगै रहेका अन्य कार्यकर्ताले सुरक्षाकर्मीलाई लक्षित गरी फायरिङ गर्दै जंगलतर्फ भागेपछि प्रहरीले पनि फायर खोलेको विवरण छ । सो क्रममा कुमारले फायरिङ गर्दा मिस फायर भएको र प्रहरी टोलीको संयुक्त जवाफी कारवाहीमा उनको मुत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

कुमार हत्याकाण्ड हुँदा नेपाल प्रहरीको आइजीमा सर्वेन्द्र खनाल थिए । मधेस आन्दोलनमा मधेसीहरुसँग पैसा उठाएर आन्दोलनकारी मारेको आरोप लागेका प्रहरीले नै कुमारलाई गोली हानेको बताइन्छ । जानकार स्रोतले दिएको जानकारीअनुसार मधेस आन्दोलनमा बदनाम भएर निलम्बनमा परेका प्रहरीलाई आइजी खनालले पुनर्बहाली दिएर कुमारको निगरानीमा खटाएका थिए ।

टिप्पणीहरू