निषेधाज्ञा खुकुलो,ट्याक्सी चल्ने,जोर बिजोरबाट निजी सवारीसाधन गुड्ने

निषेधाज्ञा खुकुलो,ट्याक्सी चल्ने,जोर बिजोरबाट निजी सवारीसाधन गुड्ने

गत बैशाख १६ गतेदेखि उपत्यकासहित देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञा भोलिबाट सकिदैँ छ । महामारीको जोखिमलाई मध्यनजर गर्दै प्राय: जिल्लामा निषेधाज्ञाको मोडालिटी परिवर्तन गरी थप लम्ब्याउने तयारी भइरहेको बताइएको छ ।

यस्तै,काठमाण्डौँ उपत्यकामा पनि निषेधाज्ञा खुकुलो हुने भएको छ । भोलिबाट सकिन लागेको निषेधाज्ञालाई थप एक साता लम्ब्याएर असार १४ सम्म पुर्याइएको छ । निषेधाज्ञाको स्वरुप परिवर्तन गरी निजी यातायात जोर बिजोर प्रणालीमार्फत सञ्चालन गर्न दिइने भएको छ ।

त्यस्तै सबै खालका व्यवसायहरुलाई बार तोकेर खोल्न दिइने पनि ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताउनुभएको छ ।

उहाँका अनुसार ८ गतेबाट निजी सवारी साधनहरुमा कार,भ्यान,ट्याक्सी,जीप लगायतका सवारीसाधन चल्न पाउने छन्,हार्डवेयर पसललाई ११ देखि ६ तथा अन्य पसलहरुलाई बार तोकेर हप्ताको समान तीन दिन खुल्ने दिइने छ भने सरकारी कार्यालयहरु पनि सिमित कर्मचारी राखेर खुलाउने निर्णय भएको छ ।

टिप्पणीहरू