ललितपुरमा असार १५ मा सडकमै धान रोप्ने

ललितपुरमा असार १५ मा सडकमै धान रोप्ने

ललितपुरमा बाटो निर्माण कार्य ढिलो भएपछि स्थानियले असार १५ मा सडकमै धान रोप्ने कार्यक्रम राखेका छन् । सातदोबाटोदेखि गोदावरीसम्मको सडक खण्डमा पर्ने महानगरपालिका २९, हरिसिद्धिको बाटोमा निर्माण कार्य रोकिएपछि धान रोप्ने कार्यक्रम राखिएको हो ।

निर्माणमा ढिलाइ गरेपछि वर्षायामले सडकमा हिँडडुल गर्न झन् कठिन भएकाले सम्बन्धित निकायको ध्यानाकर्षण गर्न उक्त कार्यक्रम राखिएको बताइएको छ ।

सडकमा रोपाईं कार्यक्रम असार १५ गते बिहान ९ बजेबाट हुने छ ।

टिप्पणीहरू