‘संसारको सबैभन्दा ठूलो परिवार’ का मूलीले संसार छाडे

‘संसारको सबैभन्दा ठूलो परिवार’ का मूलीले संसार छाडे

३८ वटी श्रीमती र ८९ जना बच्चासहित संसारको सबैभन्दा ठूलो परिवारका मूली मानिने भारतका ७६ वर्षीय बृध्दको निधन भएको छ । ३३ जना नाति नातिनासहित १ सय ६७ सदस्य रहेको उक्त परिवारका घरमूली जियोना चाना थिए ।

भारतको मिजोरमका मुख्यमन्त्री जोरामथाङ्गाले ट्वीटरमार्फत् चानाको निधनको पुष्टि गरेका छन् । पछिल्लो केही दशकदेखि चाना परिवारको घर राज्यको प्रमुख पर्यटकीय स्थल बन्दै आएको छ ।

ती सबै परिवारका सदस्य बक्तवाङ लाङनुआमको दुर्गम गाउँमा एक सयभन्दा धेरै कोठा भएको ४ तल्ले घरमा बस्दै आएका छन् । उक्त घर र एउटै परिवारका डेढ सयभन्दा बढी सदस्य पर्यटकको निम्ति आकर्षणको केन्द्र बन्दै आएको हो ।

 

टिप्पणीहरू