आँधीखोलामा शव भेटियो

आँधीखोलामा शव भेटियो

स्याङ्जाको भीरकोट नगरपालिका–३ स्थित आँधीखोलामा अन्दाजी ५० वर्ष उमेरका पुरुष मृत अवस्थामा फेला परेका छन् । केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीका कारण आँधीखोलाले ती पुरुषलाई बगाएर ल्याएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय,स्याङ्जाका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार आँधीखोलाको बीच भागमा रहेको एउटा ढिस्कोमा उक्त शव भेटिएको हो ।

शव पोस्टमार्टमको लागि गह्रौँ प्राथमिक अस्पताल,वालिङ लगिएको छ । मृतकको सनाखतको निम्ति आवश्यक प्रयास भइरहेको अधिकारीले बताउनुभयो ।

टिप्पणीहरू