सिरहामा महिलामाथि बोक्सीको आरोप,पुरुषले हाने महिलामाथि लात्ती

सिरहामा महिलामाथि बोक्सीको आरोप,पुरुषले हाने महिलामाथि लात्ती

सिरहामा एउटी महिलामाथि फेरि बोक्सीको आरोप लगाएर शारीरिक समेत गरिएको छ ।

सिरहाको कल्याणपुर नगरपालिका ६ भोक्राहाका धीरेन्द्र महासेठको पूरै परिवारले स्थानीय सुजित साहकी पत्नीलाई निर्घात कुटपिट गरेको छ । महिलालाई बोक्सीको आरोप लगाउँदै गरिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा महिलालाई अर्की दुई जना महिलाले चुल्ठोमा समातेर घिसारेको देखिन्छ भने एक पुरुषले उनलाई मरणान्त हुनेगरी ढाडमा लात्तीले पटक पटक हानेका छन् । नजिक उभिएका मानिसले तमाशा हेरे पनि महिलाको बचाउको लागि कोही अघि सरेका छैनन् ।

महासेठको परिवारले ती महिलालाई बोक्सीको नाममा यसअघि पनि पटक पटक निर्घात कुटपिट गरेको बताइएको छ ।

टिप्पणीहरू