सुपारी दिएर भाइको हत्या

सुपारी दिएर भाइको हत्या

आफ्नै भाइको हत्या गरेको अभियोगमा एक दाजुसँगै अन्य दुई जना मतियारलाई सिराहा प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई गत जेठ २२ गते सिराहा मिर्चैया नगरपालिका ६ स्थित सिद्धि मेडिकल हलका सञ्चालक रामसागर साफीको हत्याको अभियोगमा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा हत्या गरिएका साफीका ४२ वर्षीय दाजु सूर्यदेव साफी,गोलबजार नगरपालिका ११ का ४५ वर्षीय हकिम फकिर र मिर्चैया नगरपालिका ६ का २३ वर्षीय रोहित साफी रहेको सिराहा प्रहरी प्रवक्ता शालिग्राम शर्माले बताउनु भयो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मृतक साफीका दाइले पारिवारिक रिसइवी र सम्पत्तिको कारण आपराधिक समूहलाई पैसा (सुपाडी) दिएर भाइको हत्या गर्न लगाएको देखिएको छ । सो आपराधिक समूहले साफीउपर दुई गोली प्रहार गरी हत्या गरेको थियो ।

गिरफ्तार भएका तीनै जनालाई हिरासतमा राखेर आवश्यक थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू