वाङ्मय शताब्दी पुरुषको स्वास्थ्यमा क्रमिक सुधार

वाङ्मय शताब्दी पुरुषको स्वास्थ्यमा क्रमिक सुधार

१०२ वर्षका वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा बुधवारदेखि उपचाररत जोशीको स्वास्थ्यमा सुधार आएको अस्पतालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उहाँलाई स्वासप्रश्वासमा समस्या, छातीको संक्रमण,मुटुको चालमा गडबडी र रक्तचापमा कमी देखिएपछि बुधबार दिउँसो उक्त अस्पतालमा भर्ना गरिएको थियो । छातीमा निमोनिया संक्रमण देखिए पनि पीसीआर परीक्षणमा कोरोना नेगेटिभ आएको छ ।

अन्य समस्या क्रमशः सुधार हुँदै गएकाले केही दिन अस्पतालमा राखेर उपचार गरिने बताइएको छ । उहाँको उपचारमा छाति रोग विशेषज्ञ प्रा.डा. मिलेशजंग सिजापतीको नेतृत्वमा चिकित्सकहरुको टोली संलग्न छ ।

टिप्पणीहरू