रगत जुटाउँदै ब्लड सर्विस

रगत जुटाउँदै ब्लड सर्विस

कोरोना महामारीको दोस्रो लहरले विश्वलाई आक्रान्त बनाइरहँदा नेपाल ब्लड सर्विसले रेडक्रसलाई रगत सहयोग गरेको छ ।

स्थापनाकालदेखि नै रक्दान कार्यक्रममा जोड दिँदै आएको नेपाल ब्लड सर्विसले जनसंख्या वृद्धिले गर्दा रगतको माग बमोजिम रेडक्रस एक्लैले पूरा गर्न नसकेकाले रगत सहयोग गरेको जनाएको छ ।

बिगत एक वर्षदेखि ब्लड सर्विसले आवश्यकता अनुसार रक्तदाताहरु उपलब्ध गराउँदै रगतको अभाव पूरा गर्दै आइरहेको छ । सर्विसले गए राति शिरिपुर निवासी मन्तुतिया देविलाई “ए“ पोजेटिभ एक पिन्ट रगत दिएको थियो।

मिन्तुतियालाई रगत अति आवश्यक रहेको र रेडक्रसमा ए पोजेटिभ अभाव रहेकोमा सहयोगका लागि अपिल आएपछि ब्लड सर्विसका सदस्य सतिश बस्नेतले रेडक्रसमा गएर रक्तदान गरि ज्यान बचाउन सफल भएको पीडित परिवारले बताएको छ ।

नेपालको ५ वटा जिल्लामा चलिरहेको यो कार्यक्रम बिरामीलाई रक्त अभावको अवस्था हुन नदिन ब्लड सर्विसका सदस्यहरु बेलाबेलामा रेडक्रसमा गएर रक्तदान गर्दै आएको बताइएको छ ।

हाल पाँच जिल्लामा सिमित रहेको सेवा नेपाल भरिनै पुर्याउने उद्धेश्यका साथ सर्विस लागि परेको संस्थाका डाइरेक्टर रवि साहले बताएका छन् । साहले युवावर्गलाई अगाडि आएर रक्तदान गर्न अनुरोध गर्दै जुन १४ अर्थात जेष्ठ ३१ का दिन मनाइने विश्व रक्तदाता दिवसमा संस्थाका आ-आफ्नो नजिक पर्ने रेडक्रसमा गइ रक्तदान गर्न आग्रह समेत गरेका छन् ।

टिप्पणीहरू