खोप सिध्दियो भन्दै हात उठायो नगरपालिकाले

खोप सिध्दियो भन्दै हात उठायो नगरपालिकाले

सरकारले विभिन्न देशबाट लाखौँ डोज कोरोनाको खोप आपूर्ति गर्ने चर्चा चलिरहेका बेला नागार्जुन नगरपालिकाले भने खोप अभावका कारण घोषित कार्यक्रम स्थगित गरेको छ ।

नगरपालिकाले जेठ २५ देखि २९ गतेसम्मका लागि तय गरेको खोप कार्यक्रम स्वास्थ्य कार्यालयले माग बमोजिमको खोप प्राप्त नभएको जानकारी दिएपछि अनिश्चितकालका लागि स्थगित गर्नुपरेको सूचना निकालेको छ ।

‘कोभिड-१९ बिरुद्धको खोप (चाइनिज भेरोसिल) ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई जेठ २५ गतेदेखि २९ गतेसम्म लगाउने कार्यक्रम रहेको भएता पनि स्वास्थ्य कार्यालयबाट प्राप्त जानकारीअनुसार माग बमोजिमको खोप प्राप्त हुन नसक्ने भएकाले जेठ २८ गतेपछि अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको छ’, नगरपालिकाको सूचनामा भनिएको छ।

टिप्पणीहरू