उपत्यकामा निषेधाज्ञा खुकुलो हुने सम्भावना छ : काठमाडौंका सिडिओ पराजुली

उपत्यकामा निषेधाज्ञा खुकुलो हुने सम्भावना छ : काठमाडौंका सिडिओ पराजुली

बैशाख १६ गतेदेखि उपत्यकालगायत देशभर निषेधाज्ञा जारी छ । कोरोना महामारीको चेनब्रेक गर्ने उद्देश्यले लगाइएको निषेधाज्ञाको पहिलो महिनामा ह्वात्तै बढेको संक्रमण र मृत्युदरसँगै लम्ब्याइएको निषेधाज्ञा अब खुकुलो हुने संकेत देखा परेको काठमाण्डौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभएको छ ।

जनआस्थासँग कुराकानी गर्दै उहाँले धेरै सञ्चारमाध्यममा आएको यातायातलाई जोर बिजोर प्रणालीमा चल्न दिइने भन्ने समाचार अपुष्ट भएको बताउनुभयो ।

उहाँले महामारीको समयमा तत्काल संक्रमणदर र मृत्युदरमा कमि आए पनि सार्वजनिक तथा निजी यातायातको सन्दर्भमा आफूले केही नभनेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘निषेधाज्ञा खुकुलो हुने सम्भावना छ । तर, सार्वजनिक यातायात, विद्यालयलगायतका स्थान संक्रमणको हट स्पट रहेकाले सञ्चालन गर्ने या नगर्ने भन्ने विषयमा आइतबार बस्ने बैठकले आधिकारिक निर्णय निकाल्नेछ ।’

पराजुलीले थप्नुभयो ‘अब चार दिन पर्खनुहोस् । उक्त अवधिमा संक्रमणदर कस्तो देखिन्छ सोहीअनुरुप निषेधाज्ञाको मोडालिटीमा परिवर्तन हुनेछ । सम्भवत : निषेधाज्ञा खुकुलो नै हुन्छ होला ।’

टिप्पणीहरू