उपप्रधानमन्त्रीको पुत्ला जलाइयो

रत्नराज्य क्याम्पस परिसरभित्र उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोको पुत्ला जलाउने नेपाल विद्यार्थी संघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसभित्रै उपप्रधानमन्त्री महतोको पुत्ला बनाई जलाएर बाहिर ल्याउने क्रममा नेविसंघ कार्यकर्ता पक्राउ परेका हुन् ।

नेविसंघ इकाइ अध्यक्ष सञ्जीव ढकाललगायतले महतोको पुत्ला दहन गरेका थिए । त्यसक्रममा प्रहरीले चार जनालाई पक्रेर नेपाल पुलिस क्लब लगेको छ ।

त्यसक्रममा उनीहरुले नेविसंघ जिन्दावाद,नागरिकता विधेयक खारेज गरलगायतका नारा लगाएका थिए ।

टिप्पणीहरू