लागूऔषधसहित ४ जना पक्राउ

लागूऔषधसहित ४ जना पक्राउ

कैलाली र सुर्खेतमा लागूऔषधसहित चार जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–२ कृष्णनगर टोलबाट ६ ग्राम १ सय ७५ मिलिग्राम ब्राउनसुगर, ६ ट्याब्लेट नाईट्रोभेट र १ थान डिजिटल तराजुसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–२ का २५ वर्षीय सञ्जिव सिंह, स्थानीय २० वर्षीया मैना साउद र त्यहाँ डेरा गरी बस्ने बैतडीकी ३५ वर्षीया लक्ष्मी भट्ट रहेका छन् ।  उनीहरुले लक्ष्मीको कोठाबाट लागूऔषध कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उता,सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ चिसापानीस्थित सडकबाट १ सय १० मिलिग्राम खैरो हेरोइनसहित स्थानीय २० वर्षीय अर्जुन सुनार पनि प्रहरीको फन्दामा परेका छन् ।

उनको गतिबिधि शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा सुनार उक्त पदार्थसहित फेला पक्राउ परेका थिए ।

टिप्पणीहरू