अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प २ वर्षको लागि निलम्बित

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प २ वर्षको लागि निलम्बित

सामाजिक सञ्जाल फेसबुकले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई कम्तिमा दुई वर्षको लागि निलम्बन गर्ने बताएको छ ।

फेसबुकले शुक्रबार अबेर जारी गरेको सूचनामा भनिएको छ ‘सार्वजनिक सुरक्षामाथिको जोखिम कम भएपछि मात्र सोसल मिडियामा उनलाई पुनस्र्थापित गरिने छ ।’

गत जनवरी ६ मा अमेरिकी संसद भवन क्यापिटोल हिल विद्रोमा हिंसाजन्य गतिबिधि भड्काउने टिप्पणीहरूपछि ट्रम्पलाई फेसबुक, टुईटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालबाट निलम्बन गरिएको थियो । त्यतिबेला उनी बहालरत राष्ट्रपति थिए । त्यसपछि पनि उनी धेरैजसो सामाजिक सञ्जालबाट निलम्बित छन् ।

निलम्बन गरेपछि फेसबुकले ट्रम्पका कार्यहरूबाट आफ्नो सामाजिक नियमहरूको गम्भीर उल्लंघन भएको बताएको थियो । तर ट्रम्पले गत वर्षको राष्ट्रपतीय निर्वाचनमा आफूलाई मतदान गरेका लाखौं मतदाता समक्ष उक्त कदम अपमानजनक भएको बताएका थिए ।

फेसबुकले आगामी निर्वाचनताका उनको निलम्बन फुकुवा गर्ने वा नगर्ने भन्ने विषय त्यतिबेला नै सोच्ने जनाएको छ । ट्वीटरले आगामी निर्वाचनमा उनी राष्ट्रपतिको उम्मेदवार बने पनि निलम्बन फिर्ता नलिइने जनाइ सकेको छ ।

टिप्पणीहरू