जनप्रतिनिधिले भित्र्याए अर्कैकी श्रीमती

जनप्रतिनिधिले भित्र्याए अर्कैकी श्रीमती

तेह्रथुमको आठराई गाउँपालिकाका वडा सदस्य बहुविवाहको आरोपमा पक्राउ परेका छन् । वडा नं. ६ चुहान डाँडाका तेजविक्रम कन्दङवाले गत शनिबार अर्कैकी श्रीमती हरिकला आचार्यलाई नयाँ बेहुलीको रुपमा भित्राएको उपाध्यक्ष रुपादेवी कन्दङ्वाले बताउनुभयो ।

उहाँका अनुसार वडा सदस्य र आचार्यबीच पहिलेदेखि नै सम्बन्ध रहेको र उनलाई आफ्नै श्रीमती विष्णु कन्दङ्वाले रंगेहात समातेपछि पोल खुलेको हो । पक्राउ परेका वडा सदस्य नेपाली काँग्रेस,माओवादी र लिम्बुवानको संयुक्त गठबन्धनबाट निर्वाचित भएका थिए ।

वडा सदस्यका ३ छोरी र १ छोरा छन् । उता हरिकलाका पनि २ छोरा छन् । वडा सदस्यलाई जेठी श्रीमती विष्णु कन्दङ्वाले प्रहरीमा जाहेरी दिएपछि नयाँ दुलहीसँगै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पठाइएको उपाध्यक्ष कन्दङ्वाले बताउनुभयो ।

टिप्पणीहरू