पौने पाँच लाख विध्यार्थीलाई कोरोनाको छुट

पौने पाँच लाख विध्यार्थीलाई कोरोनाको छुट

पोहोर झैं यसपटक पनि एसईई परीक्षाको नतिजा आन्तरिक मूल्याङ्कनबाट हुने भएको छ ।

पुरानो एसएलसीजस्तै अहिलेको एसईई परीक्षाको नतिजा गत वर्षझैं आन्तरिक मूल्याङ्कनबाट हुने गरी हिजो परीक्षा नियन्त्रण कार्यालयको बैठकबाट निर्णय भएको हो ।

नयाँ फर्मुलाअनुसार विद्यालयले एउटा मूल्याङ्कन समिति बनाउनुपर्ने छ । उक्त समितिको सिफारिशको आधारमा विद्यार्थीहरुको प्राप्ताङ्क उल्लेख गरिनेछ ।

१० कक्षाका ४ लाख ५० हजारभन्दा बढी विद्यार्थी सहभागी हुने एसईई परीक्षा कोरोना महामारीका कारण सञ्चालन हुन नसकेपछि उक्त निर्णय गरिएको हो । यो वर्ष १३ हजार बढी परीक्षा केन्द्र तोकिएको थियो ।

मनाङबाहेक ७६ वटा जिल्लामा लागू गरिएको निषेधाज्ञा र फैलँदो दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राखेर उक्त निर्णय गरिएको बताइन्छ ।

टिप्पणीहरू