डीएसपीले कुट्दा सिडिओ बेखबर (अपडेटसहित)

डीएसपीले कुट्दा सिडिओ बेखबर (अपडेटसहित)

पर्सामा प्रहरीले एउटा सर्जिकल पसलका कर्मचारीलाई दिनदहाडै कुटेका छन् ।

वीरगञ्जको एउटा सर्जिकल पसलमा पसेर बर्दीमा रहेका डीएसपीले कर्मचारीलाई बुट र लौरोले हिर्काएको सीसीटीभी फुटेज समाजिक सञ्जालमा भाइरल बनेको छ ।

बुधबार बिहान १० बजेर २१ मीनेटमा जिल्ला प्रहरी कार्यालय पर्साका नायब उपरीक्षक (डीएसपी) प्रह्लाद कार्कीले सर्जिकल पसलमा प्रवेश गरी त्यहाँका कर्मचारी अफरोज अहमदलाई कुटेका थिए । भिडियो खिचेको आरोपमा अहमदलाई कुटिएको बताइएको छ ।

वीरगन्ज महानगरपालिका–८, आर्मी ब्यारेकपछाडिको प्याथो सर्जिकल हाउसमा भएको उक्त घटनाप्रति पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले भने अनभिज्ञता जनाउनुभएको छ ।

अहिले पसलभित्र पसेर कुटपिट गर्ने डीएसपीलाई कारबाहीको माग सर्वत्र उठ्न थालेको छ । यसैबीच २ नम्बर प्रदेश प्रहरी कार्यालयले डिएसपी कार्कीमाथि छानबिन गर्न तीन सदस्यीय समिति बनाएकाे बताएकाे  छ ।

टिप्पणीहरू