रुपन्देहीमा पनि निषेधाज्ञा लम्ब्याइयो

रुपन्देहीमा पनि निषेधाज्ञा लम्ब्याइयो

कोरोना महामारीमा काठमाडौं उपत्यकापछि सबैभन्दा उच्च जोखिममा रहेको रुपन्देही जिल्लामा निषेधाज्ञालाई थप एक साता लम्ब्याइएको छ ।

बुधबार जनआस्थासँग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले थप कडाइका साथ निषेधाज्ञा लब्याउने निर्णय गरिएको बताउनुभएको हो ।

भोलिबाट लागू भएर जेठ २० गते मध्यरातसम्मको निम्ति निषेधाज्ञा लगाइएको तामाङले बताउनुभएको छ । उहाँका अनुसार आवतजावत,विकास निर्माण,पसल र सवारीसाधन पूर्णरुपमा ठप्प हुने छ ।

कोरोना महामारीको दोस्रो लहरमा रुपन्देहीमा पनि संक्रमित र ज्यान गुमाउनेको संख्या काठमाडौंपछि उच्च देखिएको छ ।

टिप्पणीहरू