वरिष्ठ अधिवक्तासहित १ सय ९३ जनाको मृत्यु,७ हजार ९ सय १४ मा संक्रमण

वरिष्ठ अधिवक्तासहित १ सय ९३ जनाको मृत्यु,७ हजार ९ सय १४ मा संक्रमण

कोरोना संक्रमणबाट आज १ सय ९३ जनाको ज्यान गएको छ,जसमा वरिष्ठ अधिवक्ता हिरा रेग्मी पनि हुनुहुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ७ हजार ९ सय १४ जनामा संक्रमण पुष्टि भएको बताउनुभएको छ ।

उहाँका अनुसार आज १८ हजार ९ सय ६५ जनामा पीसीआर तथा ९ सय ३१ जनामा एन्टिजेन परिक्षण गरिएको छ । जसमध्ये ७ हजार ५ सय ९८ जनामा पीसीआर तथा ३ सय १६ जनामा एन्टिजेन पोजेटिभ फेला परेको हो ।

आज ७ हजार ६ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । काठमाण्डौमा १ हजार ७ सय ६१, ललितपुरमा ६ सय ९४ तथा भक्तपुरमा ३ सय ६६ जना गरी कूल २ हजार ८ सय २१ जनामा संक्रमण पुष्टि भएको छ ।

आज मुलुकभर ८ सय ७३ जना क्वारेन्टिनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५ सय ४७ रहेको छ ।

टिप्पणीहरू