कोरोनाबाट आज १ सय ७७ को निधन,८ हजार ६ सयमा संक्रमण

कोरोनाबाट आज १ सय ७७ को निधन,८ हजार ६ सयमा संक्रमण

कोरोनाबाट आज १ सय ७७ जनाको ज्यान गएको छ भने ८ हजार ६ सय ७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको २२ हजार ३ सय ५३ पीसीआर तथा ८ सय ७३ जनामा एन्टिजेन गरी २३ हजार छ सय २६ जनामा परीक्षण गरिएको थियो ।

आज ७ हजार ८ सय ९० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको छ ।

आजसम्म ४ लाख ९७ हजार ५२ जना संक्रमित भएका छन् । जसमध्ये ३ लाख ७४ हजार ८ सय ३६ जना निको भएका छन् भने १ लाख १६ हजार १ सय ९२ जना अझै सक्रिय संक्रमित हुन् । आज पनि ९ सय १२ जना क्वारेन्टिनमा रहेका छन् ।

टिप्पणीहरू