सवारी दुर्घटनामा ३ जनाको मृत्यु

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काभ्रेपलाञ्चोक र मोरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।

काभ्रेको चौरीदेउराली गाउँपालिका–६, बोक्सेस्थित सडकमा बा.५ ख १५३४ नम्बरको ट्रक सडकबाट करिब १ किलोमिटर तल खस्दा ट्रक चालक रामेछाप सुनापती गाउँपालिका–१, ढोडेनी बस्ने २० वर्षीय विनोद शिव भक्तिको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ट्रकमा काम गर्ने अर्का एक जनालाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ पठाइएको छ ।

यस्तै मोरङको पथरी शनिश्चरे नगरपालिका–२, जय चोकमा मे.१ च १८५१ नम्बरको स्करपियोलाई नम्बर नखुलेको गाडीले बुधबार राति ठक्कर दिँदा स्कोरपियोमा सवार झापाको झापा गाउँपालिका–५ शरणामती बस्ने ६५ वर्षीया लक्ष्मी पौडेलसहित दुई जनाको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अन्य तीन जनाको सोही अस्पतलामा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न फरार गाडीको प्रहरीले खोजी गरिरहेको छ । घटनासम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू