यस्तो बेला पनि कालोबजारी गर्ने ?

यस्तो बेला पनि कालोबजारी गर्ने ?

अक्सिजन सिलिण्डरको कृत्रिम अभाव सिर्जना र कालोबजारी गरेको अभियोगमा ३ जना ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानबाट समातिएका छन् ।

पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका–१५,सातदोबाटो बस्ने नुवाकोट बिदुर नगरपालिका–३ का ३९ वर्षीय रामकृष्ण घिमिरे,ललितपुर महानगरपालिका–१२, लगनखेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ का ४२ वर्षीय नवराज खनाल र ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने धादिङ गल्छी गाउँपालिका–२ का ४२ वर्षीय रामशरण अधिकारी हुन् ।

कोभिड–१९ को कारण हाल अस्पतालमा उपचाररत विरामीहरूको लागि अक्सिजन सिलिण्डर अभाव भइरहेको बेला बढी मूल्यमा सिलिण्डर बिक्री गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले बजारमा बढीमा १५ हजार रुपैयाँ पर्ने अक्सिजन सिलिण्डरलाई बजार मूल्यभन्दा बढी लिई प्रतिसिलिण्डर ४१ हजार रुपैयाँमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

साथै उनीहरुको साथबाट अक्सिजन भरिएको सिलिण्डर १ थान,सोही सिलिण्डर बिक्री गर्दै गरेको नगद ४१ हजार रुपैयाँ र ४ थान रसिदसमेत प्रहरीले बरामद भएको छ ।

टिप्पणीहरू