बाँके र सिन्धुलीका सवारी दुर्घटनामा ३ जनाको ज्यान गयो

बाँके र सिन्धुलीका सवारी दुर्घटनामा ३ जनाको ज्यान गयो

बाँकेको राप्तीसोनारी गाउँपालिका–९, झिझरी खोलास्थित सडकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ना.६ख ४९०९ नम्बरको ट्रकले से.३प ३२१४ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही गाउँपालिका–८ का २८ वर्षीय किरण जेबी चौधरी र १९ वर्षीय कृष्णप्रसाद थारु रछन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । ट्रक चालक फरार रहेको र उनको खोजी भइरहेको बताइन्छ ।

यता,सिन्धुलीमा मोटरसाइकल र गाडी आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–१, दुम्जास्थित सडकमा बा.१५च ६८९५ नम्बरको गाडी र प्रदेश २–०३–००१० प ४१४६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सर्लाही गोदौता नगरपालिका–८ का ४५ वर्षीय विमलेशकुमार ठाकुरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू