बालिका बलात्कारी बृध्द समातिए

बालिका बलात्कारी बृध्द समातिए

जबरजस्ती करणी गरेको अभियोगमा एकजना बृद्ध पक्राउ परेका छन् । बाह्र बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरको चाँगुनारायण नगरपालिका–५,छालिङ बस्ने ५२ वर्षीय भीमबहादुर वनलाई प्रहरीले समातेको हो ।

भीमबहादुरले बालिकालाई स्थानीय टहरामा जबरजस्ती करणी गरेको सुराकीको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग, खरिपाटीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
यस्तै,पर्सामा बालिकालाई यौन दुर्ब्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । नौ वर्षीया बालिकालाई यौन दुर्ब्यवहार गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्ज बस्ने २२ वर्षीय सरोज चौरसियालाई समातिएको हो ।

खेल्दै गरेकी बालिकालाई आर्थिक प्रलोभन देखाई आफ्नै घरमा बोलाई भर्याङ्मुनि लगेर सरोजले यौन दुर्ब्यवहार गरेको प्रहरीले बताएको छ । उनीविरुद्ध बाल यौन दुर्ब्यवहारसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

टिप्पणीहरू