पानीबाट युवकको लाश निकालियो

पानीबाट युवकको लाश निकालियो

भक्तपुरमा पानीमा डुबेको एक शव फेला परेको छ । चाँगुनारायण नगरपालिका वडा नं। ६ स्थित वालखोलामा परिचय नखुलेको अन्दाजी ३० वर्षका पुरुष मृत अवस्थामा फेला परेका छन् ।

शनिबार बेलुकी साढे पाँच बजेको समयमा मृतक पुरुष घोप्टो परी अनुहार पानीमा डुबेको अवस्थामा रहेको खबर पाएपछि महानगरीय प्रहरी परिसर,भक्तपुरबाट अनुसन्धान अधिकृतसहित खटिएको टोलीले शवको प्रारम्भिक अनुसन्धान गरेको छ ।

प्रहरीकाअनुसार शवलाई पोष्टमार्टमको निम्ति हाल काठमाडौं मेडिकल कलेज, दुवाकोटको शव गृहमा राखिएको छ । प्रहरीले आज प्रेस विज्ञप्ति जारी गर्दै हालसम्म मृतकको परिचय नखुलेकाले कार्यालयको मोबाइल नं।९८५१२८३०२०, फोन नं।०१–६६१४७०८ मा सम्पर्क गरी प्रहरी अनुसन्धानमा सहयोग गर्न अनुरोध गरेको छ ।

प्रहरी नायव उपरिक्षक दिपक गिरीद्वारा जारी विज्ञप्तिमा शवको हुलिया गहुँगोरो वर्ण,उचाई ५ फिट ८ इन्च, मझौला शरिर भएको, दाहिने हातको बुढी औंला र चोरी औंलाको बीचमा ॐ लेखिएको ट्याटु, बायाँ खुट्टाको पिडौंलादेखि बायाँ खुट्टाको कान्छी औंलासम्म पूरानो खत रहेको, छोटो कपाल, दाह्री पालेको, अन्दाजी ३० वर्षको देखिने उल्लेख छ ।

टिप्पणीहरू