चुरे जंगलका निल गाई राजविराज सहरमा

चुरे जंगलका निल गाई राजविराज सहरमा

आज बिहानै सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नम्बर ७ खर्साल टोलमा एकाएक एउटा निल गाई देखा परेको छ ।

प्रत्यक्षदर्शी सुजितकुमार पोखरेलले आफ्नो फेसबुक वालमा सो कुराको जानकारी गराएका छन् । कोरोना कहरको बेला चारैतिर शान्त वातावरण देखेपछि सो जंगली गाई सहरतिर छिरेको अनुमान गरिएको छ ।

स्मरणीय छ, उदयपुर र सप्तरीको सीमानामा रहेको चुरे जङ्गल क्षेत्रमा निल गाईका बथानहरु विचरण गरी हिंडेको भेटिन्छ । उदयपुर हडियाका ज्ञानबहादुर कार्कीका अनुसार हडियाको जंगल क्षेत्रमा केही वर्षदेखि एक्ले निल गाई देखिन्थ्यो ।

सम्भवतः झुन्डको खोजीमा त्यही निल गाई दक्षिणतर्फको रुपनी हुँदै राजविराज खर्साल टोल पुगेको हुन सक्छ ।

यसको संरक्षणको लागि तत्कालै सम्वन्धित निकायको ध्यान जान जरुरी रहेको फेसबुकमा फोटो पोस्ट्याउने पोखरेलले बताए ।

टिप्पणीहरू