कहिँ नभएको जात्रा ओम हस्पिटलमा, बाउको नाम लेखाउँदै छोरो ससुराली सरर

कहिँ नभएको जात्रा ओम हस्पिटलमा, बाउको नाम लेखाउँदै छोरो ससुराली सरर

बेलाबखत विवाद र चर्चामा आइरहने चाबहिलस्थित ओम हस्पिटल कोरोना महामारी र लकडाउनमा पनि उत्तिकै चर्चित छ । दुई दिनअघि अक्सिजनको अभाव देखाउँदै संक्रमितको उपचार गर्न नसक्ने भनी हात उठाएको अस्पतालले गृह मन्त्रालय र सिडिओ कार्यालयलाई ठाडो चुनौति दिएर आफै यौटा चिर्कटो काटी करोडौंका गाडी कुदाइरहेको छ ।

सडकमा खटिएका सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीलाई ‘जो जससँग सम्बन्धित छ’ भन्ने व्यहोराको पत्र लेखेर अस्पताल प्रशासनले सञ्चालकको छोरालाई निषेधाज्ञामा ससुराली जाने जाँचो मिलाएको बताइएको छ ।

सरकारले तोकिएका बाहेकको अवस्थामा गृह मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुमति बेगरको पासमा सवारी साधन गुडाउन नपाइने बताएको छ ।

तर अस्पतालले बैशाख २० गते लेटर प्याडमा ‘सञ्चालक टंकबहादुर श्रेष्ठले निषेधाज्ञाको समयमा पनि अस्पतालको सेवा सुचारु राख्नुपर्ने भएकाले कुनैपनि समय अस्पतालमा आउनुपर्ने हुँदा उहाँको बा ७ च ३३४ नम्बरको गाडीलाई आवतजावतमा सहयोग गरिदिन’ ठाडो पत्र लेखेको हो ।

स्रोत भन्छ ‘आवश्यकता र औचित्य खुलाएर निवेदन दिएमा जिल्ला प्रशासन कार्यालयले सवारी पास दिने गरेको छ । तर,छोरा सन्दिपलाई ससुराली जान त कसले अनुमति देला र १ू

टिप्पणीहरू