उदयपुरमा निषेधाज्ञा एक साता लम्बियो

उदयपुरमा निषेधाज्ञा एक साता लम्बियो

उदयपुरका सर्वसाधारण नागरिक, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी, शिक्षक, व्यवसायी, सञ्चारकर्मी र जनप्रतिनिधिहरुलाई कोभिड-१९ को लहरले आक्रान्त बनाउँदै लगेपछि थप एक साताको लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तुलसी सेडाईले संक्रामक ऐन २०२० को दफा २ बमोजिम यो निषेधाज्ञा जारी गरेका हुन । यसअघि जारी निषेधाज्ञा बैशाख ३१ गतेसम्म लागू गरिएको थियो भने यो अवधि जेठ ७ राती १२ बजेसम्म लम्बिएको हो ।

बिहिबारसम्म उदयपुरमा कोभिड १९ को दोस्रो लहरको चपेटामा परी ३१४ जना संक्रमित र ७ जनाको मृत्यु भईसकेको छ ।

संक्रमितहरुमा त्रियुगा नगरपालिकामा ६८ महिला र १०४ पुरुष, त्यसैगरी कटारी नगरपालिकाका १४ महिला २१ पुरुष, बेलका नगरपालिकामा ३१ महिला र २५ पुरुष, चौदण्डीगढीमा १३ महिला र १९ पुरुष रहेका छन भने रौतमाइ गाउँपालिकामा ३ महिला ६ पुरुष, उदयपुरगढीमा ३ महिला ३ पुरुष र लिम्चुङ्गबुङ गाउँपालिकामा १ जना पुरुष संक्रमित पाइएको छ । र, चार जना निको भएर घर फर्किसकेका छन् ।

निषेधाज्ञाको अवधिमा सार्वजनिक आवागमन, भेला, जमघट, समारोहमा पूर्णरुपमा प्रतिवन्ध लगाइएको छ भने गर्न नपाइने कार्यको सूची र गर्न पाइने कामको सूची प्रकाशमा ल्याइएको छ ।

जस अन्तर्गत गर्न पाइने कामहरुमा विवाह व्रतवन्धमा १५ जना मात्रै सहभागी हुन सक्ने, विकास निर्माणको कार्यलाई सर्तअनुसार निरन्तरता दिन सकिने, अत्यावश्यक खाद्य सामग्री किनमेल १० बजे विहानसम्म गर्न सकिने छ ।

टिप्पणीहरू