हुण्डी कारोबारमा संलग्न ३ भारतीय सहित ४ जना पक्राउ

हुण्डी कारोबारमा संलग्न ३ भारतीय सहित ४ जना पक्राउ

अवैध वित्तीय कारोवार (हुण्डी) मा संलग्न रहेको अभियोगमा तीन भारतीयसहित ४ जना पक्राउ परेका छन् । उनीहरुलाई ८२ लाख ५० हजार रुपैयाँसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–३, आदर्शनगर पानीटंकीमा डेरा गरी बस्ने भारत बिहार मोतिहारी रक्सौलका २७ वर्षीय विकास कुमार, २२ वर्षीय गुड्डु कुमार, मोतिहारीकै १८ वर्षीय किशोर र बारा महागढी नगरपालिका–४ का १८ वर्षीय किशोर रहेका छन् ।

विकासकुमार समेतका व्यक्तिहरूले हुण्डी गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बाराका १८ वर्षीय किशोरलाई आदर्शनगर चोकबाट २५ लाख रुपैयाँसहित पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा विकासको डेरामा खानतलासी गर्दा दुई वटा कालो ब्याग र दुई वटा हेल्मेटभित्र लुकाइ राखेको ५७ लाख ५० हजार रुपैयाँ पनि प्रहरीले फेला पारेको थियो । उनीहरूबाट ना.८प ४८९७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरूमाथी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

टिप्पणीहरू