निषेधाज्ञा लम्बिएपछि मजदुरहरू बिचल्लीमा,सडकमै खाना वितरण

निषेधाज्ञा लम्बिएपछि मजदुरहरू बिचल्लीमा,सडकमै खाना वितरण

निषेधाज्ञाको १४ औं दिन संघीय राजधानी काठमाण्डौमा ज्याला मजदुरी गरेर दैनिक जीवन गुजारा गर्दै आएकाहरू ठूलो समस्यामा परेका छन् ।

केही दिनका लागि आफूले कमाएको एकाध रकमले दुई छाकको जोहो गर्दै आएकाहरू निषेधाज्ञा लम्बिँदै गएपछि समस्यामा परेका हुन् ।

यसरी साँझ बिहान खाना खानसमेत धौ धौ परेकालाई विभिन्न संघ संस्थाले सडकमै खुवाउन थालेका छन् ।

कोभिड १९ को पहिलो लहरको केही समय टुँडिखेलमा खाना खुवाइएको थियो । महानगरले उनीहरूलाई त्यहाँबाट हटाएपछि विभिन्न पार्टी प्यालेसहरूमा भेला पारेर खाना खुवाउने गरिएको थियो । अहिले भने बाटोमा नै खुवाउने र खानेहरू देखिएका छन् ।

यसैबीच,निषेधाज्ञाको १४ औं दिनसम्म आइपुग्दा काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा प्रहरीले चेकजाँचमा कडाई गरे पनि सडकमा दुई पाङग्रे र चार पाङग्रे सवारी साधन सञ्चालनमा खासै कमि देखिएको छैन ।

अघिल्ला दिनहरूमा झैँ सवारी साधन सञ्चालनमा आएको देखिन्छ । सवारी अनुमति नभएका र विना काम हिँड्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राख्ने गरेको छ । कतिपयलाई १ सय रुपैयाँ जरिवानासमेत गर्न थालेको बताइन्छ ।

टिप्पणीहरू