सैनिक अस्पतालमा ६ जनाको निधन,२ भारतीयसहित १४ जना बिते

सैनिक अस्पतालमा ६ जनाको निधन,२ भारतीयसहित १४ जना बिते

आज मध्यान्हसम्म काठमाडौंका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १४ पुगेको छ ।

कोरोना बिरामीको उपचार हुने काठमाडौंका अस्पतालहरूमा मध्यान्हसम्ममा दुई जना भारतीयसहित १४ जनाको मृत्यु भएको छ ।

वीरेन्द्र सैनिक अस्पताल छाउनीमा निधन हुनेहरूमा रामेछापका ५६ वर्षीय रामकृष्ण परियार, काभ्रेपलाञ्चोककी ४५ वर्षीया कान्छी भुसाल,सिन्धुपाल्चोककी ३५ वर्षीया सुजाता कार्की, सर्लाहीका ५२ वर्षे रामजी भण्डारी,चितवनका ८० वर्षीय रामबहादुर पौडेल छेत्री र काठमाण्डौका ७८ वर्षीय सुशीला कार्की हुन् ।

यस्तै ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा मृत्यु हुनेमा काठमाडौंका ६० वर्षीय सुरेश प्रधान रहेका छन् भने बल्खुको बयोधा अस्पतालमा मृत्यु हुनेमा भारतका २१ वर्षे प्रतियोन तेरिय र भारतकै ६० वर्षे गौरव तोमर रहेका छन् ।

उता शुक्रराज अस्पताल,टेकुमा ज्यान गुमाउनेहरूमा असनका ८१ वर्षका काजीरत्न तुलाधर, ललितपुरका ७० वर्षीय विकासध्वज लिम्बु रहेका छन् ।

टेकु अस्पतालले नाम नखुलाएका मृतकको संख्या थप दुई जना रहेको छ । योसँगै कोरोना पोजिटिभबाट निधन हुनेको संख्या १४ पुगेको हो ।

टिप्पणीहरू