आज कोरोनाबाट २ सय २५ को निधन, झण्डै ९ हजार ५ सय संक्रमित

आज कोरोनाबाट २ सय २५ को निधन, झण्डै ९ हजार ५ सय संक्रमित

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ सय २५ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित सिट रिपमा उक्त अवधिमा ९ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ ।

पछिल्लो २४ घण्टामा गरिएको २० हजार ५ सय ९६ पीसीआर तथा ७ सय २० जनामा एन्टिजेन गरी २१ हजार ३ सय १६ जनामा परीक्षण गरिएको थियो ।

आज नेपालमा संक्रमणमुक्त हुनेको संख्या ५ हजार २ सय २५ पुगेको छ । हालसम्म ४ हजार ८४ जनाले ज्यान गुमाएका छन् ।

मंगलबारसम्म देशभर ९७ हजार ८ जना जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू