लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ

अवैध लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुर्खेतको लेकबेशी नगरपालिका–२ स्थित खहरे खोलाबाट ५ ग्राम ७ सय १० मिलिग्राम अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गुर्भाकोट नगरपालिका १४ बस्ने २७ वर्षीय सुमन घर्ती र सोही नगरपालिका १३ बस्ने ३० वर्षीय ईन्द्रबहादुर गुरुङ रहेका छन् ।

शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय,लेकबेशीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा पक्राउ गरेको हो ।

५ हजार अक्सिजन सिलिण्डर संकलन गरी अस्पताललाई वितरण नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट हालसम्म ५ हजार ४ सय ३२ थान अक्सिजन सिलिण्डर संकलन गरेर वितरण गरिएको छ ।

संकलित सिलिण्डरमध्ये १ हजार ४ सय ४१ वटा ग्याँस भरिएको र ३ हजार ९ सय ९१ खाली सिलिण्डर हुन् । तीमध्ये ४ हजार ५ सय ८९ वटा सिलिण्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लाण्ट उद्योगलाई उपलब्ध गराइएको हो ।

यस्तै,बाँकी ८ सय ४३ वटा सिलिण्डर जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखेर आवश्यकताअनुसार वितरण गरिने प्रहरीले बताएको छ ।

खाली सिलिण्डर भर्नका लागि डिपोमा समेत पठाइएको र आवश्यकताभन्दा बढी अक्सिजन सिलिण्डर राख्ने अस्पताल, व्यक्तिलगायत अन्य संघसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग,कलकारखाना, कवाडी,ग्यास वेल्डिङ,पसल तथा गोदामहरूमा स्टक राखेका सिलिण्डर नियन्त्रणमा लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्या अनुसार वितरण गरिएको प्रहरीले जनाएको छ ।

साथै,स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनका लागि मौज्दात राख्ने व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारबाही र थप अनुसन्धान समेत भइरहेको बताइएको छ ।

प्रहरीले जथाभावी मौज्दात राख्नेलाई प्रहरी कारबाहीमा फेला परेमा सम्बन्धित व्यक्ति वा निकायउपर प्रचलित ऐन कानुनबमोजिम कारबाही हुने बताएको छ । आगलागीबाट विभिन्न धनमाल नष्ट सल्यानको शारदा नगरपालिका–१२ तिम्ले बस्ने ध्रुबी बोहोराको घरमा सोलारको ब्याट्रीमा चट्याङ पर्दा आगलागी भएको छ ।

ब्याट्रीमा परेको चट्याङका कारण घरमा रहेको ग्याँस सिलिन्डर पड्किएर आगलागी भएको हो । आगलागी हुँदा घर,अन्नपात, लत्ताकपडालगायत करिब ८ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू