७० किलो गाँजा समातियो

७० किलो गाँजा समातियो

प्रहरीले ७० किलो ४ सय ८० ग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।

पर्साको बहुदरमाई नगरपालिका–९ विश्रामपुरका ४५ वर्षीय सोती कलवारको घरबाट प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

अवैध लागूऔषध गाँजाको कारोबार गर्दै आएको भन्ने सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले कलवारको घर तलासी गर्दा कोठाभित्र प्लाष्टिकको ड्रममा लुकाई राखेको अवस्थामा गाँजा बरामद गरिएको बताइएको छ ।

तर,गाँजा बिक्रीमा संलग्न कलवार भने फरार छन् । प्रहरीले उनको खोजीका साथै सोसम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

टिप्पणीहरू