स्रोत नखुलेको भारु बोक्ने एक जना समातिए

स्रोत नखुलेको भारु बोक्ने एक जना समातिए

स्रोत नखुलेको भारतीय रुपैयाँ (भारु) सहित एक युवा पक्राउ परेका छन् ।

राजापुर नगरपालिका–४ सत्तीघाटबाट स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँसहित कैलालीको टिकापुर नगरपालिका–१ का २९ वर्षीय गोपाल चौधरीलाई प्रहरीले समातेको हो ।

कैलालीबाट राजापुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्र ०१००८ प ८१४५ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक चौधरीलाई उक्त स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो ।

चौधरीको साथबाट ल्यापटप, मोबाइल र सिमकार्ड एक एक थान पनि बरामद भएको बताइएको छ ।

पक्राउ परेका चौधरीलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर,बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

टिप्पणीहरू