पुलिस अस्पतालमा कोरोनाको नि:शुल्क उपचार

पुलिस अस्पतालमा कोरोनाको नि:शुल्क उपचार

नेपाल प्रहरी अस्पताल महाराजगंजले कोरोना सङ्क्रमित बिरामीहरूको निःशुल्क उपचार गरिरहेको छ ।

अस्पतालमा अहिले उपचारत २२४ मध्ये २० जनाको भेन्टिलेटरमा र १९ जनालाई आईसियुमा राखेर उपचार भैरहेको छ । मध्यम अवस्थाका १०५ जना र सामान्य अवस्थाका ८० जना बिरामीको वार्डमा उपचार भैरहेको अस्पताल स्रोतले जनाएको छ ।

उपचाररत बिरामीहरूमध्ये प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी र प्रहरी कर्मचारीका परिवार गरी १४३ जना र सर्वसाधारण ८१ जना रहेको अस्पतालले बताएको छ ।

आइतबार अस्पतालमा थप १५ जना र २ नम्बर गणमा छुट्टै बेडको व्यवस्था गरी ६
जनालाई भर्ना गरिएको जनाइएको छ । अस्पतालमा उपचाररत १४ जना डिस्चार्ज भएका छन् भने ८७ वर्षीय र ६६ वर्षीय २ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

अस्पताल स्रोतका अनुसार प्रहरी अस्पतालमा जम्मा २६४ वेड रहेकोमा १६१ साधारण, ७३ एचडियू (हाई डिपेन्डेन्सी यूनिट) र भेन्टिलेटर सहितका २० तथा भेन्टिलेटर बाहेकका १० गरी ३० आईसियु वेड रहेका छन् ।

कोभिड–१९ को महामारीबाट संक्रमित बिरामीहरूको चाप बढ्दै गइरहेको अवस्थालाई मध्येनजर गरि ईमर्जेन्सीमा अस्थाई रुपमा २६ बेड थप गरेको जनाइएको छ ।

टिप्पणीहरू