हजुरआमालाई बन्चरो हान्ने नाति समातियो

हजुरआमालाई बन्चरो हान्ने नाति समातियो

मकवानपुरमा आफ्नै बृद्ध हजुरआमालाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।

हेटौंडा उपमहानगरपालिका–१७ दियालो दमारका २२ वर्षीय आकाश गुरुङलाई ९० वर्षीया हजुरआमा कान्छीमाया गुरुङलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा शुक्रबार बेलुकी समातिएको हो ।

आकाशले हजुरआमालाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय पशुपतिनगर र अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।

गम्भीर घाइते कान्छीमायाको जिल्ला अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको थियो । घटनासम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

टिप्पणीहरू