नेपालगञ्जको अस्पतालमा लाशको ताँती,मुख्यमन्त्री सामाजिक सञ्जालमा छरपस्ट

नेपालगञ्जको अस्पतालमा लाशको ताँती,मुख्यमन्त्री सामाजिक सञ्जालमा छरपस्ट

कोरोनाको हटस्पट बन्दै गरेको लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको तीब्र आलोचना भएको छ ।

मुख्यमन्त्री कार्यालयबाट नजिकैको लुम्बिनी प्रादेशिक अस्पताल र नेपालगञ्जमा संक्रमितले अक्सिजन अभावका कारण ज्यान गुमाइरहेको बेला सामाजिक सञ्जालमा राजनीतिक स्ट्याटस लेख्ने बाहेकको काम नगरेको भन्दै उहाँको आलोचना भएको हो ।

पोखरेलले राष्ट्रिय राजनीतिमा को राम्रो,को नराम्रो भनेर टिप्पणी गरेपछि महामारीमा जनता भकाभक ढलिरहेको बेला मुख्यमन्त्रीबाट त्यस्तो अपेक्षा नगरेको जनगुनासोले सामाजिक सञ्जाल भरिएको हो ।

नेपालगञ्जको भेरी अस्पतालमा कोरोनाबाट ज्यान गुमाउनेहरुको शव लाइन लागेको बेला यता पोखरेलले माधवकुमार नेपाल, रामबहादुर थापा र खिमलाल देवकोटालाई तुलना गरेर सामाजिक सञ्जालमा व्यंग्य गर्नुभएको छ ।

सोही सन्दर्भमा गौतम भुसालले अस्पतालमा अक्सिजन तथा बेड अभावपछि मानिसले कतिबेला बेड खाली होला र बाँचिएला भन्ने समयमा प्रदेशको अविभावक जस्तो मान्छेले त्यस्तो स्ट्याटस लेख्नु अनुचित भएको उल्लेख गरेका छन् ।

महामारी बढिरहेको समय नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल,कोहलपुरमा हिजो पीसीआर गर्न गएका एक जनाको पालो कुर्दाकुर्दै ज्यान गएको थियो । लाइनमा बसेको बेला ढलेका उनको शवलाई कालो प्लास्टिकमा बेरेर परिवारले अटो रिक्सामा घर लिएर गएका थिए ।

टिप्पणीहरू