महामारीमा नयाँ प्रयोग : नेपालमा स्कुल भ्यान, भारतमा टेम्पो एम्बुलेन्स

महामारीमा नयाँ प्रयोग : नेपालमा स्कुल भ्यान, भारतमा टेम्पो एम्बुलेन्स

कोरोना महामारी बढेसँगै अधिकांश देशमा बिरामी ओसार्न एम्बुलेन्सको अभाव देखिएको छ । नेपालको सन्दर्भमा एम्बुलेन्स थन्काएर संक्रमित बिरामी बोक्न नमानेको घटना हालै नवलपरासीको देवचुली नगरपालिकामा देखियो ।

केही दिनअघि देवचुलीमा एम्बुलेन्सले संक्रमितलाई बोक्न नमान्दा ट्र्याक्टरमा लाँदालाँदै बाटैमा ज्यान गएको थियो । त्यस्तै घटना नदोहोरियोस् भन्दै अन्य नगरपालिका तथा विद्यालयहरुले आफ्ना सवारी साधन संक्रमित बोक्ने काममा प्रयोग गर्ने बताउन थालेका छन् ।

उता भारतमा पनि एम्बुलेन्सले कोभिडमा निधन भएकाको शव सडकमा फालेको भिडियो अहिले भाइरल भएको छ । भारतमा महामारी तीब्र गतिका साथ बढिरहेको छ ।

यसैबीच राजधानी नयाँ दिल्लीमा अब अटो (टेम्पो) लाई एम्बुलेन्सको काम गर्न भनिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले संक्रमितले एम्बुलेन्स पाउन गाह्रो हुन थालेपछि हजारौं टेम्पुलाई नै एम्बुलेन्स बनाइदिएका छन् ।

टिप्पणीहरू