नेपाली मिडियाः किन ‘आवाजविहीनहरुको आवाज’ हुन सकेनन् ?

नेपाली मिडियाः किन ‘आवाजविहीनहरुको आवाज’ हुन सकेनन् ?

–निनाम कुलुङ ‘मंगले’
“मानवअधिकारको उल्ङ्घन आन्तरिक र अन्तर्राष्ट्रिय वित्याँसको अवश्यम्भावी कारक तत्व हो । संसारमा देखा परेका शक्तिशाली पृथकतावादी आन्दोलनलाई उपेक्षाले सघाएको छ । व्यापारदेखि सञ्चारसम्मका क्षेत्रमा विश्वव्यापी (बाहिरिया) शक्तिहरुले राष्ट्रिय सार्वभौमसत्ता क्षय गराउनुका साथै विरोधाभास रुपमा सोको पृथकतावादी प्रवृत्तिलाई टेवा दिएको छः फरक धारणा राख्ने अधिकार, दुःखको कुरा, विभाजनको संघर्ष हुन गएको छ ।” नेल्सन मन्डेला ।

विश्वकै लामो जेल जीवन बिताएका राजनेता स्वर्गीय नेल्सन मन्डेलाले भने जस्तै नेपालमा पनि फरक धारणा राख्नु विभाजनको संघर्ष हुन गएको छ । खासगरी जातीय, भाषिक, भगौलिक, ऐतिहासिक पहिचान आदिको आधारमा संघीयता लागू गर्ने, जातीय स्वपहिचान स्थापित गर्ने, समानुपातिक समावेशिता लागू गर्ने, सबै भाषाभाषीलाई राज्यको भाषा भनी मान्यता दिने, सबै मातृभाषामा उच्च शिक्षा लागू गर्ने, धर्म निरपेक्षतालाई सबै जातजाति र भाषाभाषीको अपेक्षा र मर्मअनुसार उनीहरुको जनजीवनमा व्यवहारिक रुपमै तल–तलसम्म लागू गर्ने आदि सन्दर्भमा कुरो गर्दा यहाँका शासक वर्ग र शासक वर्गका मान्छेहरुले अभैm पनि खुलेर समर्थन गर्न सक्दैनन् । बरु जातीय, भाषिक, भगौलिक, ऐतिहासिक पहिचान आदिको आधारमा संघीयता लागू गर्ने, जातीय स्वपहिचान स्थापित गर्ने, समानुपातिक समावेशिता लागू गर्ने, सबै भाषाभाषीलाई राज्यको भाषा भनी मान्यता दिने, सबै मातृभाषामा उच्च शिक्षा लागू गर्ने, धर्म निरपेक्षतालाई सबै जातजाति र भाषाभाषीको अपेक्षा र मर्मअनुसार उनीहरुको जनजीवनमा व्यवहारिक रुपमै तल–तलसम्म लागू गर्ने आदि सन्दर्भमा अनुदारवादी रुझान राख्ने कामरेडहरु त त्यसो गरेमा ‘देशमा धार्मिक र जातीय दंगा हुनुका साथै भाँडभैलो मच्चिने !’ ठोकुवा गर्छन् ।

तर, अनुदारवादी रुझान राख्ने कामरेडहरु जो छन्, उनीहरुलाई ‘विगतमा नेपालमा एकल जातीय रुपमा हिन्दु धर्म, हिन्दु संस्कार, संस्कृति एकल भाषा, भेषुभाुषा, एकल चाडपर्व, मेला, एकल रीतिथिति आदि व्यववहारमै लागू हुँदा ! ‘देशमा धार्मिक र जातीय दंगा भएन, भाँडभैलो मच्चिएन !’ अब देशको वास्तविक तस्बीरअनुसार, धरातलीय वास्तविकताअनुसार आदिवासी जनजातिहरुको धर्म, संस्कार, संस्कृति, भाषा, भेषभुषा, रहनसहन, रीतिथिति, चालचलन, मूल्य–मान्यत, परम्परागत कानुन, जन विश्वास आदिलाई पनि व्यववहारमा लागू गर्दा कसरी धार्मिक दंगा हुन्छ, जातीय साम्प्रदायीकता हुन्छ, भाँडभैलो मच्चिन्छ, सामाजिक सद्भाव बिग्रन्छ ? उनीहरुले यस बारेमा खुलेर जवाफ दिँदैनन्, दिन सक्दैनन् । यस मामलामा कतिपय राज्यपक्षका भनी चिनिएका चिन्तक, विश्लेषक, लेखक, प्रा., डा., प्राडा., मिडिया, मिडियाकर्मी, मानवअधिकारकर्मी, मानवअधिकारवादी संघ–संस्थाका अगुवा हौं ! भन्नेहरुले नै –‘यो पनि कुनै इस्यु हो र ! यस्तो साम्प्रदायीक र जातीवादी कुरो पनि गर्ने ?’ भन्छन् ।

त्यसो त हामी भित्रकै (नेपालको हकमा आदिवासी जाजाति भनाउँंदाहरु) जो पहुँचमा पुगेका छन्, उनीहरुले नै पनि आपूmबाहेकका जातीय स्वपचिानविहीनहरुले खोजिरहेको वा आप्mनो जातीय स्व्पहिचान स्थापनाका लागि गरीरहेको संघर्षलाई नैतिक समर्थन गर्नुको सट्टा ‘फलानो … त अलग्गै जाति होइनन् नि, हामी जस्तै … जाति हो नि ! उनीहरुले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले दिने ५० हजार र विदेशीले दिने डलर खानका लागि मात्रै … जाति फुटाउन खोजेका हुन् ।’ भनेर गलत ढंगले हौवा फिँंजाएपछि जातीय स्वपहिचानका लागि लड्नेहरुले नेपाल सरकार, नेपाल सरकारका विभिन्न सरकारी कार्यलयहरु, सरकारले गठन गरेका कार्यदल, प्रतिष्ठान, आयोग, समिति आदिका कर्मचारीहरु, अन्य जातीय संघ–संस्थाहरु, विदेशी नियोग, मानवअधिकारसंँग सम्बधिन्त आइएलओको नेपालस्थित कार्यलय, आवाज विहीनहरुका पनि आवाज भनिएका मिडियाहरु, आइएनजिओ–एनजिओहरु, नेपालस्थित दातृ निकायहरु, कथित् मानवशास्त्री भनिनेहरु, समाजशास्त्री भनिनेहरु, भाषाविद भनिनेहरु, विद्घान भनिनेहरु, विषय विज्ञ भनिनेहरु, लोकल एनजिओहरु, स्वतन्त्र व्यक्तिहरुसँग (यिनीहरुलाई किन कथित् भनिएको हो भने, यदि उनीहरु साँच्चै मानवअधिकारवादी, मानवशास्त्री, समाजशास्त्री, भाषाविद, विद्घान, विषय विज्ञ हुन् भने जातीय स्वपहिचान विहीनहरुका विषयमा पनि मुख खोल्न सक्नुपर्ने थियो । दूधको दूध पानीको पानी छुट्याउन सक्नुपर्ने थियो ।) तर, आदिवासी जनजातिहरु लगयात उत्पीडित समूह वा वर्गले स्वपहिचानका लागि आन्दोलन वा भनौं संघर्ष गरेको १९–२० वर्ष पुग्दा पनि यता न उता भएर बस्नु परेको अवस्था छ ।

हुन त पछिल्लोपटक केही मिडियाले नेपालमा जातीय स्वपहिचान पाउन बाँकी आदिवासी जनजातिहरु लगयात उत्पीडित समूह वा वर्गलेको मुद्घालाई केही हदसम्म स्थान दिदै आएको देखिन्छ । केही मिडियाले थोरै स्थान दिए जस्तो गर्दै छन् । तर, जातीय स्वपहिचानका लागि नेपालका धेरै जसो आदिवासी जनजातिहरु लगयात उत्पीडित समूह वा वर्गले अझै पनि नेपाल सरकार, नेपालका अन्य जातीय संघ–संस्थाहरु, आवाज विहीनहरुका पनि आवाज भनिएका मिडियाहरु, आईएनजिओहरु, नेपालस्थित दातृ निकायहरु, मानवअधिकारवादीहरु, मानवशास्त्रीहरु, समाजशास्त्रीहरु, भाषाविदहरु (धेरै जसो भाषविद भनिनेहरु त आपैm कुहिरोको काग भएको देखिन्छ । जस्तो उदाहरणका लागि भन्नु पर्दा एक जाति राई ! को २८ वटा मातृभाषा हुन्छ ? यदि हुन्छ भने त्यसरी म एक जाति राई हुँ, तर, मेरो मातृभाषा छ भनेर २८ मातृभाषामा खरररर … बोल्न सक्ने कुनै माइकालाल राई ! भेटेका छन् ?), विद्घानहरु, विषय विज्ञहरु, लोकल एनजिओहरु, स्वतन्त्र व्यक्तिहरु, आदि–आदिस खेलीरहनु परेकोे त माथ नै उल्लेख भएको छ । त्यसैले हाम्रो विषयमा नेपालका अन्य जातीय संघ–संस्थाहरु, आवाज विहीनहरुका पनि आवाज भनिएका मिडियाहरु, आईएनजिओहरु, नेपालस्थित दातृ निकायहरु, मानवअधिकारवादीहरु, मानवशास्त्रीहरु, समाजशास्त्रीहरु, भाषाविदहरुले ‘फलानो वा ढिस्कानो रिसाउला कि भनेर मात्रै, नत्र त तपाईंँहरुले उठाएको विषय एकदमै सही छ नि !’ भनेर अनौपचारिक भेटघाटमा मात्रै होइन, सार्वजनिक रुपमै र विभिन्न फोरमहरुमै हाम्रा जायज मागहरुका बारेमा आवाज उठाई दिनु पर्यो भन्ने हो । किनभने, हामीहरु अवश्य नै जनावर भन्दा महत्वपूर्ण छौं, हौं कि ! भन्ने लाग्छ ।

तापनि हाम्रो विषय वा मुद्धालाई खासगरी “आवाजविहीनहरुका पनि आवाज” भनिएको मिडियाहरुले समाचारै नमान्ने गरेका छन् । कुनैकुनै पत्रपत्रिकाले समाचार बनाएर छापीहाले तापनि पनि भित्री पेजको कुनाकानीमा थोरै स्थान दिएर, थोरै महत्व दिएर छाप्ने गरेका छन् । तर, बाघ लोप हुन लागेको, सुँगुरलाई संगिनी सुई लगाएको, भैंसीले जन्माएको पाडापाडीको जन्म दर्ता गरेको, गाई भीरबाट लडाएको, आदिवासी जनजाति, दलित, मुस्लिम लगयातले गोरु मारेर खाएको, बाख्राको बीमा गरेको, सर्प समातिएको, हात्ती मरेको, नयाँ जातको चरा फेला परेको गैंडा मरेको आदिका बारेचाहिंँ पहिलो पृष्ठमा फोटोसहित एङ्कर न्युज बनाएर महत्वका साथ छाप्ने गर्छन् । के नेपालका आदिवासी जनजाति र उत्पीडित वर्ग–समूहहरु गाई–गोरु, भैंसी–राँगो, अर्ना, चरा–चुरुङ्गी, लंगुर, दुम्सी, रातो पाण्डा, ढेँडु, बाँदर, गैँडा, हात्ती, छेपारो, सर्प, बिच्छी, बाघ, भालु, चित्तल, बँनेल, सुँगुर, भन्दा पनि कम महत्वका हुन् ? प्रश्न त वास्तवमै गम्भीर पो छ है, नेपालका राष्ट्रवादी पत्रकार कामरेडहरु !?

हो, विगतमा नेपालका केही दैनिकहरुले केही न केही लेख रचनाहरु आदिवासी जनजाति, दलित, महिला, मधेशी आदिमा आधारित भएर लेख रचनाहरु छाप्ने गरेको थियो । अहिले पनि कताकति नयाँ पत्रिका दैनिकले दलित लेखक र दलितको मुद्धालाई वेलावेला स्थान दिएको देखिन्छ । अन्नपूर्ण, कान्तिपुर लगायत दैनिकहरुले पनि वर्षौंपछि ग्रहण लागेभैंmँ कताकति दलित र आदिवासी जनजातिका मूलका लेखक र दलित र आदिवासी जनजातिका मुद्धालाई छाप्ने गरेको देखिन्छ । हुन त कतिपय दैनिक पत्रपत्रिकाका सम्पादक तथा लेख रचना प्रमुखहरु सकेसम्म जातजाति, भाषाभाषी, समावेशीता, समानुपातिक समावेशी आदिका बारे (केही दैनिकले दलित लेखकको लेख र दलित विषयमा सामग्री छापिरहेको छ) मा लेख रचना, नआए हुन्थ्यो, कथंकदाचित आएको लेख रचना छापेपछि प्रतिक्रिा नआए हुन्थ्यो भन्ने मनसाय राख्छन् । कतिपय दैनिकले त आप्mनो पत्रिकामा छापिएको लेखप्रति असहमति जनाएर पठाएको प्रतिक्रिया नछापेको अनुभवसमेत यो पंक्तिकारसँग रहेको छ ।
बाहुन कामरेडहरु भन्दा चर्का ‘राई !’ कामरेडहरु

त्यसो त नेपाली मिडियामा अनुदारवादी रुझान राख्ने भनी चिनिएका बाहुन, क्षेत्री कामरेडहरु भन्दा चर्का ‘राई !’ कामरेडहरु देखिएका छन् । मानौं कि ‘क’ भन्ने व्यक्तिले ‘ग’ भन्ने व्यक्तिको विरुद्घमा दूराशय राखेर जानाजान ‘ग’ भन्ने व्यक्तिलाई रिस फेर्न वा आक्षेप लगाउन नक्कली नाममा लेख वा समाचार कुनै ‘अ’ वा ‘उ’ नामको ‘राई !’ ज्युले सञ्चालन गरेको अनलाइन न्युज पोर्टललाई पठायो । तर, आप्mनो अनलाइनमा प्रकाशानार्थ आएको समाचार वा लेख रचनाको बारेमा ‘राई !’ ज्यु लाई केही न न केही थाहा हुनु पर्ने कि, नपर्ने ? ल ती कुनै एक (‘अ’ वा ‘उ’ नामको) अनलाइन न्युज पोर्टलका सञ्चालक ‘राई !’ ज्यु लाई के हो कसो थाहा भएन अतः छाप्यो । तर, त्यसपछि ‘ग’ भन्ने व्यक्तिले पनि ‘क’ भन्ने व्यक्तिले समाचार वा लेखमा लगाएको आरोप भूmटो हो वा वास्तविकता यस्तो हो भनी पठाएको प्रतिउत्तर लेख वा खण्डन लेख जुन ‘अ’ वा ‘उ’ नामको अनलाइन न्युज पोर्टल वा प्रिन्ट मिडियाहरुमा छापिएको थियो सो अनलाइन न्युज पोर्टलमा छापिएको समाचार, लेख, रचना र, फिचरको बारेमा उठेको प्रश्न वा आएको प्रतिक्रियालाई स्थान दने कि नदिने ? तर, यहाँ त धेरै जसो ‘राई !’ कामरेडहरु चलाएको अनलाइनमा प्रकाशित समाचार वा लेखको बारेमा प्रस्ट्याएर पठाएको प्रतिक्रियालाई स्थान नै नदिने,वा नछाप्नेसम्मको धृष्ठता वा भनौं हर्कत गर्ने गरेको देखियो÷भेटियो । अझ कतिपय अनलाइन न्युज पोर्टलले त योजनवद्य ढंगले कुनै आपूmलाई मन नपरेको राजनीतिक दल, नेता जातजाति, समुदाय, संघ, संस्था वा व्यक्तिलाई जानाजान लख्नकै लागि मात्रै अनलाइन चलाएको पो हो कि ? भन्ने प्रश्न उठाउन सकिने स्थिति रहेको देखिन्छ ।

जस्तो उदाहरणका लागि यहाँ ‘तुवाचुङ’ नामक अनलाइन न्युज पोर्टललाई लिन सकिन्छ । सो अनलाइनले विसं २०७७ पुस १४ गते गणेश वाम्बुले राईले आप्mनै कारणले कुलुङ समुदायमा बदनामी कमाएका र पछिल्लोपटक नेपालभरि जहाँ गए पनि कुलुङ समुदायमा बहिस्कृत हुँदै गएका एक व्यक्तिबारे ‘सहरमै बसेर कुनाकाप्चासम्म पुगिरहने भीरमाहुरी’ शीर्षकको एक फिचर छापेको थियो । त्यसपछि यो पंक्तिकारले फिचरबारे उल्लेखत व्यक्तिबारे वास्तविकता के हो त ? भनी प्रतिउत्तर लेख वा भनौं प्रस्टीकरण लेख पठाएको थिएँ, मैले । तर, सो प्रतिउत्तर लेख भने छाप्न नसक्ने भनी बताएका थिए, ‘तुवाचुङ’ अनलाइन न्युज पोर्टलका सम्पादक दीपेन्द्र राई ज्युले । त्यसपछि सो प्रस्टीकरण लेख ‘छहरा’ साप्ताहिकमा पठाएँ । जहाँ छापियो पनि । त्यसो त विसं २०७७ फागुन अन्तिम चैत पहिलो हप्तासम्म हेर्दा ‘तुवाचुङ’ नामक अनलाइन न्युज पोर्टलको सूचना तथा प्रसारण विभाग दर्ता नम्बर भने खालि नै रहेको थियो । तर, हालसालैदेखि भने सो अनलाइनको सूचना विभाग दर्ता नम्बर २४७५/०७७–०७८ रहेको छ ।

यसरी हेर्दा लाग्छ, कुलुङ समुदायमा बदनाम भएका÷बदनामी कमाएका एकजना कुलुङ दाजुको लेख (जो आपूm जन्मसिद्घ कुलुङ जातिको मानिस भएर पनि कुलुङ जातिकै विरुद्घ नक्कली नाममा जताभावी रुपमा अन्टसन्ट लेख्छन्) छद्म नाममा लेखेर÷लेखाएर छाप्नकै लागि र, कुलुङ समुदायबारे ‘मिसइन्फर्मेसन’, ‘डिसइन्फर्मेसन’, ‘मालइन्फर्मेसन’ दिनकै लागि मात्रै ‘तुवाचुङ’ अनलाइन न्युज पोर्टल खोलिएको÷चलाईएको हो ! स्मरण रहोस्, ती कुलुङ दाजुको लेख ०७७ माघ ९ मा शरण राईको नक्कली नाममा ‘चाक्चाकुर तथ्यहीन काल्पनिक चाड’ र ०७७ माघ २० मा फेरि अर्को लेख कृष्ण सोताङको नक्कली नाममा ‘राई लेख्दा कुलुङ संस्कृति कसरी मासियो ?’ शीर्षकमा ‘तुवाचुङ’ अनलाइन न्युज पोर्टलमा प्रकाशित भएको थियो भने ९९ दशमलब ९९, ९९ दशमलब ९९, ९९ दशमल ९९ प्रतिशत कुलुङ भाषाको भिडियो गीतलाई जानजान वा भनौं ‘मिसइन्फर्मेसन’, ‘डिसइन्फर्मेसन’, ‘मालइन्फर्मेसन’कै लागि हो कुन्नी छिरिङ श्रीपोस राईको नाममा ०७७ माघ २७ गते प्रकाशित÷गरेको थियो । जबकि ‘पिल्मो÷पेल्माङ÷पिल्ल्मोस्’ जे भने पनि त्यो कुनै जात वा जातिको नाम नभएर ठाउँ÷गाउँको नाम हो, जुन महाकुलङ क्षेत्रको एक भाग हो । जहाँ कुलुङ समुदायको (लगभग एकल) वस्ती रहेको छ । निश्चय नै प्रश्न गर्न सकिन्छ कि, ‘तुवाचुङ’ अनलाइन यसरी कुलुङ समुदायका विरुद्घ हात धोएर किन ‘मिसइन्फर्मेसन’, ‘डिसइन्फर्मेसन’, ‘मालइन्फर्मेसन’का लागि मरिहत्ते गरिरहेको छ ?

थप केही जानकारी चाहिएः ९८४९९८५९९७, ९८६२४३६०४९

टिप्पणीहरू