बालबालिकालाई खतरा परे १०९८

बालबालिकालाई खतरा परे १०९८

कोभिड १९ को नयाँ भेरियन्टले बालबालिकालाई समेत प्रभावित गरेपछि प्रदेश नम्बर १ का बाल हेल्प लाइनहरू सहयोगमा सक्रिय भएका छन् । कोभिडका कारण सबैखाले जोखिममा परेका बालबालिकाको उध्दारका लागि उदयपुर,सुनसरी,मोरङ, संखुवासभा र इलाम जिल्लाका बाल हेल्पलाइनको टेलिफोन नम्बर १०९८ सक्रिय भएको छ । कोभिडका कारण जोखिममा परेका बालबालिकाको तत्काल उध्दार गर्न बनाइएको हेल्पलाइन उदयपुरको सम्पर्क व्यक्तिका रूपमा प्रदिप रायमाझी मोबाइल नम्बर ९८४१९२५११८, इलाम अनिता लिम्बु मोबाइल नम्बर ९८४२४३०७३४,संखुवासभाका लागि सुजन अधिकारी ९८६१०४०२३०, सुनसरी प्रकाश परियार ९८४२१४४०५५, मोरङ सलिना सापकोटा ९८४९२२५९१८ लाई तोकिएको छ । बाल हेल्पडेस्कले जोखिममा परेका बालबालिकालाई खाना, बास, मनोसामाजिक विमर्श सेवा उपलब्ध गराउँछ ।

टिप्पणीहरू