अक्सिजन उपलब्ध गराइदिन मुख्यमन्त्रीको हारगुहार

अक्सिजन उपलब्ध गराइदिन मुख्यमन्त्रीको हारगुहार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले अक्सिजन उपलब्ध गराइदिन अपिल गरेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालद्वारा बुटवलमा सञ्चालित धागो कारखानास्थित कोरोना बिशेष अस्थायी अस्पताल,पोख्रेलकै गृहजिल्ला दाङको बेलझुण्डीस्थित कोरोना बिशेषलगायत प्रदेशकै सबै अस्पतालहरुमा अक्सिजन अभावले गर्दा बिरामी छटपटाइरहेको भन्दै अक्सिजन उपलब्ध गराइदिन अनुरोध गर्नुपरेको हो।

सामाजिक सञ्जाल फेसबुकमार्फत अक्सिजन बैंक वा बिरामी नभएका आइसोलेसनमा अक्सिजन सिलिण्डर जम्मा भएका कारण बिरामीको चाप भएका ठाउँमा अक्सिजन सिलिण्डरको अभाव देखिएको भन्दै कोभिडको उपचार भइरहेका अस्पतालमा अक्सिजन सिलिण्डर उपलब्ध गराउन आग्रह गरिएको देखिन्छ ।

सहयोगको अपिल र मन्त्री थप्ने काम एकैचोटि जारी छ । प्रदेशका सम्पूर्ण अस्पताल अक्सिजनका लागि नेपालगञ्जमा निर्भर छन् ।

टिप्पणीहरू