काठमाण्डौमा आज दुई जना भक्लक्कै

काठमाण्डौमा आज दुई जना भक्लक्कै

आज सामाखुशी र बसुन्धरा नजिकै दुई जना मानिस भक्लक्कै ढलेका छन् ।

एकजनामा कोरोना पोजिटिभ देखिएको र अर्कोमा मिल्दोजुल्दो लक्षण पाइएको हो । उनीहरुमध्ये एकजना गेष्ट हाउसमा र एक जना आफ्नै घरमा ढलेका हुन् ।

बसुन्धरास्थित पूर्व पश्चिम गेष्ट हाउसमा बसेका रामेछापका दम्पत्तिमध्ये श्रीमानलाई हिजो दिउँसो ज्वरो आएर औषधी खाएको,राति छाति घ्यार्रघ्यार्र भएपछि आज बिहान निधन भएको बताइएको छ ।

५५ वर्षका कुमारबाबु श्रेष्ठ दम्पत्ति कृषि फर्म खोल्ने भन्दै उक्त गेष्ट हाउसमा तीन महिनादेखि बस्दै आएका थिए । सामाखुशीस्थित होम आइसोलेसनमा बसेका नाकासुलाल भट्टचनको पनि आजै मृत्यु भएको छ ।

९५ वर्षका भट्टचन कोरोना पोजिटिभ देखिएपछि होम आइसोलेसनमा बस्दै आएका थिए । प्रहरीका अनुसार श्रेष्ठलाई पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ ।

टिप्पणीहरू