बाढी,पहिरोबाट घरखेत गुमाउनेलाई सहयोग गरिने

बाढी,पहिरोबाट घरखेत गुमाउनेलाई सहयोग गरिने

गत बर्ष ज्येष्ठ मसान्तदेखि असोज मसान्तसम्म बाढी पहिरोबाट घरखेत गुमाएकाहरुलाई सरकारले पुनर्निर्माणमा सहयोग गर्न थालेको छ ।

गत पौष २६ गते बसेको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुर्नस्थापना कार्यविधि २०७७ स्वीकृत गरेसँगै बाढी,पहिरोबाट अति प्रभावित जिल्लाहरुमा अनुदान रकम सहयोग गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुरुप बाढी पहिरोबाट अति प्रभावित सिन्धुपाल्चोक, बाग्लुङ, म्याग्दी, दोलखा, बाजुरा, अछाम, कालिकोट, नुवाकोट, जाजरकोट,दार्चुला,बझाङ,दाङ,गोरखा,मकवानपुर,तनहुृँ,अर्घाखाँची ,स्याङजा ,रसुवा,धनकुटा, संखुवासभा,गुल्मी तथा मोरङ लगायतका जिल्लामा प्रगतिको आधारमा लाभग्राहीको बैङ्क खातामा राखिने भएको हो ।

अस्थाई आवास निर्माणका लागि एक किस्तामा २५ हजारका दरले ५० हजार ,पुनर्निर्माण तथा पुनर्स्थापनामा भूगोलका आधारमा तीन किस्तामा हिमाली जिल्लामा ५ ,पहाडी जिल्लामा ४ तथा तराईमा ३ लाख,अनुदान दिइने भएको छ ।

यस्तै,घडेरी अनुदानमा उपल्लो ३ लाखसम्म दिन सकिने तथा मर्मत वा प्रवर्धनका लागि कार्य सम्पन्न भएपछि एकमुष्ट ५० हजार अनुदान दिइने निर्णय भएको गृह मन्त्रालयका प्रवत्ता लीलाधर अधिकारीले बताए ।

उनले सोमबार बसेको बैठकले अनुदानबापतको रकम स्थानीय तह,प्रदेश सरकार र संघीय सरकारले ब्यहोर्ने निर्णय गरेको बताए । अधिकारीद्वारा जारी विज्ञप्तिमा कोभिडका कारण अनुदान वितरण कार्यमा ढिलाई भएको उल्लेख छ ।

भर्खर मात्र प्राधिकरणले संघीय सरकारबाट २० करोड प्राप्त गरेको र उक्त रकम समितिको मागका आधारमा जिल्लाहरुमा पठाउन थालिएको बताईएको छ । म्याग्दी जिल्लामा २४७ वटा निजी घर पुनर्निर्मा तथा पुनर्स्थापनाकालागि १ करोड ८ लाख ९७ हजार ५ सय रुपैया पठाईएको छ ।

टिप्पणीहरू