नियन्त्रित लागूऔषधसहित पक्राउ

नियन्त्रित लागूऔषधसहित पक्राउ

बिराटनगर महानगरपालिका–१६, दरैयाबाट २ बोतल डाइलेक्स डिसी,१० चक्की नाईट्राभेट र ६ चक्की स्पास्मो प्रोक्सिभोन प्लससहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

केराबारी गाउँपालिका–७ का ३२ वर्षीय दिपेन्द्र कटुवाललाई समातिएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा को.२४प ६१५५ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइकल चालक कटुवाललाई लागूऔषधसहित फेला पारिएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू