निषेधाज्ञा झन् कठोर : सरकारी संयन्त्रमाथि थप कडाई,पसल खोल्न नदिइने

निषेधाज्ञा झन् कठोर : सरकारी संयन्त्रमाथि थप कडाई,पसल खोल्न नदिइने

कोरोना महामारीबाट बच्न उपत्यकामा जारी निषेधाज्ञामा थप कडाइ गरिने भएको छ । संक्रमण झन् बढेको र जारी निषेधाज्ञा प्रभावकारी हुन नसकेको भन्दै स्थानीय प्रशासनले कडाइको तयारी गरेको हो ।

भोलिदेखि सडकमा औचित्य र आवश्यकता पुष्टि गरेर मात्र हिँड्न दिइने छ ।

उपत्यकाको तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले भोलिदेखि लागू हुने गरी थप आदेश जारी गर्ने भएका हुन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार सरकारी कार्यालय,बैंक तथा वित्तीय संस्थाका कर्मचारीको आवागमन र पसल खोल्ने समयलाई सीमित बनाउने गरी अर्को आदेश जारी गर्ने तयारी भइरहेको छ । पराजुलीले सरकारी कार्यालयका कर्मचारीलाई सिफ्ट छुट्ट्याएर सिमित गरिने पनि बताउनुभयो । ‘सरकारी कार्यालयका सवारी साधन पनि कटौती गरिने छ । त्यसोहुँदा निश्चित र अनुमति पाएका मात्र सरकारी सवारी साधन चल्न पाउने छन्,’उहाँले भन्नुभयो ।

पराजुलीले भन्नुभयो- निषेधाज्ञा कडाइ गर्ने तयारी भएपनि निर्णय भने भोलि मात्र हुनेछ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले पनि भोलि बस्ने बैठकबाट थप आदेश जारी गर्ने बताउनुभयो । उहाँका अनुसार अब पसल खोल्ने समय पनि घटाइने छ । भोलिदेखि एक समय मात्र पसल खोल्न दिनेगरी व्यवस्था मिलाउने उहाँले बताउनुभयो ।

भोलिदेखि सडकमा औचित्य र आवश्यकता पुष्टि गरेर मात्र हिँड्न दिइने छ । आजै प्रधानमन्त्री ओलीले गर्नुभएको सम्बोधनमा निषेधाज्ञा थप कडाइ गरिने भनिएको छ ।

टिप्पणीहरू