नवराजको अभिनयमा माया मारिछ्यौ सार्वजनिक

नवराजको अभिनयमा माया मारिछ्यौ सार्वजनिक

लोक तथा दोहोरी गीतहरूको भीडमा नयाँ लोकदोहोरी गीत माया मारिछ्यौ बजारमा आएको छ । वियोगान्त कथा समेटिएको उक्त गीतमा प्रेमिल जोडीको बिछोडलाई प्रस्तुत गरिएको छ ।

गीतमा एकले अर्कालाई आरोप लगाउँदै विछोडिनु परेको कथाको पर्दामा नमराज हुमागाईं, रविना परियार, लुलु नेपाल र कल्पना तिमल्सिना देखिएका छन् ।

गीतमा शरण हुमागाईं र रविना परियारको आवाज रहेको छ भने शरण हुमागाईंकै शब्द अनि विष्णु तामाङको लय/एरेन्ज रहेको छ ।

हुमागाईंकै निर्देशनमा पर्यटकीय नगरी नगरकोटका विभिन्न स्थानमा दृश्याङ्कन गरिएको गीतको म्यूजिक भिडियोलाई सिमली मिडियाले सम्पादन गरेको हो । गीत एक्सन स्टुडियो नेपालमा रेकर्ड भएको हो ।

टिप्पणीहरू