दुई जना प्रदेश प्रमुख बर्खास्तीको तयारी

दुई जना प्रदेश प्रमुख बर्खास्तीको तयारी

आगामी जेठ ६ र १६ गते हुने राष्ट्रिय सभाको निर्वाचन र बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लाग्नुभएको विश्वासको मतअगावै माओवादी केन्द्रनिकट प्रदेश प्रमुखको हेरफेर गर्ने तयारी छ ।

सम्भवतः आज साँझसम्ममा गण्डकी र सुदूर पश्चिमाञ्चलका प्रदेश प्रमुख हटाउने गरी गृहकार्य अघि बढेको स्रोतको दाबी छ ।

गण्डकीमा अमिक शेरचन र सुदूर पश्चिममा शर्मिला त्रिपाठी प्रदेश प्रमुख हुनुहुन्छ । शेरचन माओवादी केन्द्रका नेता र त्रिपाठी माओवादी निकट अखिलका बेपत्ता विद्यार्थी नेता ज्ञानेन्द्र त्रिपाठीकी पत्नी हुनुहुन्छ । घर चितवन हो ।

सरकारले २०७६ कात्तिक १८ गते सात वटै प्रदेशका प्रमुखलाई हटाएर नयाँ प्रमुख नियुक्त गर्ने क्रममा शेरचन र त्रिपाठी पर्नुभएको थियो । माओवादी निकट २ नम्बर प्रदेशका तिलक परियारलाई भने ३-४ महिनाअघि हटाएर राजेश अहिराजलाई नियुक्त गरिएको छ ।

अहिले १ नम्बर प्रदेशका सोमनाथ अधिकारी प्यासी र बाग्मतीका विष्णु प्रसाईं प्रधानमन्त्री ओलीको अत्यन्तै निकट मानिनुहुन्छ ।

यसैबीच प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखमा नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

टिप्पणीहरू