विद्यार्थी र गरिबले मात्रै सार्ने हो र कोरोना ?

विद्यार्थी र गरिबले मात्रै सार्ने हो र कोरोना ?

– समाजवादी केटो

कोरोना भाइरसको पहिलो लहरबाट जेनतेन तंग्रिन खोजेको नेपाल फेरि दोस्रो लहरबाट आक्रान्त बनेको छ । पहिलोभन्दा तीव्र गतिमा फैलिरहेको, युवा तथा विशेषगरी बालबालिका सबैभन्दा बढी प्रभावित भइरहेकाहरूका कारण यो लहर भयावह हुने थुप्रै संकेत देखिएका छन् ।

नागरिकको त कुरै छोडौं नेपालगञ्जमा ९० प्रतिशत डाक्टर नै संक्रमित भएको तथ्यले यो लहरको जोखिमलाई पूर्वआकलन गर्न सकिन्छ । संक्रमितले अस्पतालमा बेड र अक्सिजन नपाएको र एकैदिन २८ जना संक्रमितले ज्यान गुमाइरहेको भन्दै यही अवस्था कायम रहे अबको केही महिनामा दैनिक डेढ सयसम्म संक्रमितको मृत्यु हुन सक्ने प्रक्षेपण स्वास्थ्य मन्त्रालय र विशेषज्ञ डाक्टरहरूले गरिरहेका छन् । यसले नागरिकलाई थप त्रस्त बनाएको छ ।

प्रधानमन्त्रीका सल्लाहकार नै जुत्तामा कभर तर मुखमा मास्कविनाको फोटो सार्वजनिक गर्छन् । प्रधानमन्त्रीले नै हतारहतार एकपछि अर्को उद्घाटनको कार्यक्रम गर्छन् ।

कुनै पनि महामारीबाट बच्न हरेक व्यक्ति वा नागरिक सतर्कता अचुक अस्त्र हो । तर, महामारीमा व्यक्तिको सावधानीले मात्रै पुग्दैन । भयावह अवस्थालाई नियन्त्रण गर्न सरकारप्रतिको विश्वास र स्वास्थ्य पूर्वाधारमा उसको तयारीले ठूलो अर्थ राख्छ । तर, सरकारले अघिल्लो दिन भन्छ ‘भीडभाड हुने कार्यक्रम नगर्नु, गर्नै परे २५ जनाभन्दा बढी जम्मा नहुनु’ र दोस्रो दिन त्यही नियमको उल्लंघन बालुवाटारबाटै शुरु हुन्छ । राम-सीताको मूर्ति तामझामका साथ चितवनको माडी पठाइन्छ । सयौं जना रहेको एमाले राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक बस्छ ।

प्रधानमन्त्रीका सल्लाहकार नै जुत्तामा कभर तर मुखमा मास्कविनाको फोटो सार्वजनिक गर्छन् । प्रधानमन्त्रीले नै हतारहतार एकपछि अर्को उद्घाटनको कार्यक्रम गर्छन् । बन्दै गरेको धरहराको उद्घाटनसम्म आइपुग्दा त लाग्छ नेपालमा कोरोनाको जोखिम नै छैन, छ त काम गरिखाने वर्गबाट मात्र । एकातिर स्वास्थ्य मन्त्रालय र विज्ञहरूले दिनदिनै कोरोना संक्रमणबाट ठूलो क्षति हुनसक्ने भन्दै सतर्कताका लागि अपिल गरिरहेका छन् ।

अर्कोतिर सरकारी निकाय र अधिकारीहरू नै स्वास्थ्य मापदण्डको खिल्ली उडाइरहेका छन् । एकातिर संक्रमण धान्न नसकेका कारण अस्पताल बन्द हुँदैछन्, तर अर्कोतिर देशकै प्रधानमन्त्री भीड जम्मा गरेर दिनदिनै सभा-सम्मेलन, पार्टीको नाममा गुट बैठक र शिलान्यास गरिरहेका छन् ।

कोरोनाको दोस्रो लहर शुरु हुनुअघि नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर करिब ९९ प्रतिशत नजिक पुगिसकेको थियो । सरकारले ठान्यो अब कोरोना सकियो । भविष्यमा जुनसुकै बेला अवस्था भयावह हुनसक्ने आँकलन गरी पूर्वाधार तयारी ठीकठाक गर्नुपर्नेमा सरकारले त्यतातिर उचित ध्यान दिएन । बरु सरकारको नेतृत्वकर्ता दलको विवादमा अल्झियो ।

देशभरि प्रतिगमन भन्ने र त्यसको प्रतिरक्षा गर्नेहरूबीच मान्छे प्रदर्शनको होडबाजी चल्यो । हजारौं मानिसलाई मासुभात खुवाएरै भए पनि सडकमा ल्याइयो । गुटका सभासम्मेलन, प्रदर्शन, पार्टीका मेला, बैठकहरू जारी नै रहे । मानिलिउँ पार्टीले गर्ने कार्यक्रमदेखि कोरोना डराउँछ । सरकारले मेचीदेखि महाकालीसम्म उद्घाटन र शिलान्यास सकेसम्म कहिकतै बाँकी नै नराख्ने गरी गर्‍यो ।

आफ्नो सरकारको प्रतिरक्षा गर्ने कार्यकर्ताको भर्तीका लागि प्रक्रिया छोट्याएरै भए पनि कामहरू फटाफट भए । खाली ठाउँ पूर्ति गर्न कहीं बाँकी राखिएन । तर, सुन्दर भविष्यको कल्पना गरी प्रतिस्पर्धामा विश्वास गर्ने युवाहरू धेरै ठाउँमा परीक्षा दिनबाट बञ्चित भए ।

दोस्रो लहरको कोरोनाका कारण छिमेकी देश भारतमा दैनिक करिब ३ लाख मानिस संक्रमित र तीन हजार संक्रमितको मृत्यु भइरहँदासमेत सरकारले नेपालमा स्थितिको पूर्वआँकलन गर्न सकेन । नाकामा कडाइसाथ नियमन भएन । नेपालभित्रै परीक्षण र खोप लगाउने कार्य सुस्तरी भयो । तर, प्रतिनिधिसभा विघटन गरेर जबर्जस्त दल र तिनका समर्थकलाई सडकमा उतार्ने काम द्रुतगतिमा भयो ।

फुर्सदमा पार्टी कसरी फुटाउने, पार्टीमा एकअर्का समूहको राजनीतिक भविष्य कसरी सखाप पार्ने, सरकार कसरी ढाल्ने र कसरी टिकाउने भन्ने विषयमा बारम्बार छलफल, बैठकहरू भए । तर, कोरोना फेरि फैलिन सक्छ । फेरि फैलिएको अवस्थामा व्यवस्थालाई कसरी ठीकठाक राख्ने ? व्यापार व्यवसाय धराशयी भएको छ । युवा विद्यार्थीहरूले पठनपाठन गर्न नपाएर शैक्षिकसत्र गडबड भएको छ । वर्षौंदेखि जागिरका लागि पढेर बसेका विद्यार्थीले लोकसेवाका परीक्षा दिन नपाएर डिप्रेसनको अवस्था आउन सक्छ । यस्तो अवस्थाबाट पार पाउन के गर्ने भन्ने विषयमा कहिल्यै छलफल भएको सुनिएन ।

योबीचमा सरकार र नेतृत्वकर्ता पार्टीले पार्टी विवादबाट फुर्सद नै पाएन । फुर्सद पाएको बेला मन्दिरमा मूर्ति कसरी र कसको राख्ने ? गजुर कसरी थप्नेजस्ता गैरप्राथमिक विषयमा अल्झेर समय बितायो ।

लोकसेवा परीक्षा कोरोनाको बहानाले स्थगित गर्नुपर्ने अवस्था आयो । तर, लोकसेवाका पदाधिकारी भएको अवस्थामा हुने कर्मचारीको वृत्तिविकासका काम पनि अहिले पदाधिकारीविहीनता कारण ठप्प छन् ।

पार्टीहरूले विवाद बढाउने बैठक रोकेनन् । आफ्नो गुटको प्रतिरक्षा गर्ने सभा, सम्मेलन रोकेनन् । रोक्नै परे उत्तम विकल्प र योजनाविनै सबैभन्दा पहिले परीक्षा रोके । पठनपाठन रोके । सरकार युवा, विद्यार्थीको भविष्यप्रति कति संवेदनशील छ भन्ने कुरा अघिल्लो वर्ष नै छर्लङ्ग भइसकेकै हो । एसइइ दिन घरबार छोडेर परीक्षा केन्द्रमा पुगिसकेका विद्यार्थीलाई निराश बनाउँदै परीक्षा नै स्थगित गरियो । जबकि त्योबेला नेपालमा कोरोना कहर डरलाग्दो भइसकेको थिएन । सतर्कता अपनाएर युवा विद्यार्थीको भविष्यसँग जोडिएका क्रियाकलाप द्रुतगतिमा गर्ने ठाउँ हुँदाहुँदै लथालिंग पारियो ।

आइतबार पनि फेरि त्यही दोहोरिएको छ । जारी परीक्षाहरू हठात् स्थगित गरिएका छन् । यो निणर्य कार्यान्वन गर्नुपर्ने भनेका दिनसम्म न भीडभाड हुने सरकारी तथा गैरसरकारी कार्यालय बन्द भएका थिए न त व्यापार-व्यवसाय । कतिपय कक्षाका एक वा दुई विषयबाहेक बाँकी परीक्षा सम्पन्न भइसकेका थिए ।

उच्च सतर्कता अपनाएर परीक्षा चाँडै सकौं, कोरोनाको हटस्पट मानिएका ठाउँमा मात्रै रोकौं वा परीक्षाजन्य क्रियाकलापबाहेकका गतिविधि रोकौं भन्ने ठाउँ हुँदाहुँदै देशैभरि लागू हुने गरी सबै परीक्षा स्थगित गरियो । परीक्षाबाहेक सयौं जना जम्मा भएर बस्ने पार्टी बैठक यथावत छन् । हजारौं उपस्थित भएर सरकारको जयजयकारसहित गरिने उद्घाटन, मूर्ति राख्ने कार्यक्रम यथावतै छन् ।

गएको एक वर्षमा दुईटा कुरा स्थापित भएका छन् । कोरोना कि त काम गरिखाने वर्गका कारण सर्छ कि त परीक्षा दिने विद्यार्थीका कारण । यसै कारण यी दुईटा क्रियाकलाप नियन्त्रण गरेमा अरुलाई बिस्तारै बन्द गरे पनि हुन्छ । सरकारले त प्रधानमन्त्री र उहाँको पार्टी तथा गुटबाहेकका क्रियाकलापले मात्रै कोरोना बढ्छ भन्ने जसरी क्रियाकलाप गरिरहेको छ । त्यसबाहेक राजनीतिक दलहरूले जे गरे पनि हुन्छ, जति मान्छे जहाँ जम्मा गरे पनि हुन्छजस्तो गरी क्रियाकलाप भइनै रहे । नभए पहिलो चरणको कोरोना करिब करिब अन्त्यको अवस्थामा पुगेको बेला सरकारले युवा, विद्यार्थीसँग जोडिएका क्रियाकलाप सुझबुझका साथ गर्ने थुप्रै ठाउँ थिए ।

बाँकी परीक्षा यो अवधिमा धमाधम लिने अवस्था थियो । तर, त्यतातिर ध्यानै दिइएन । आफ्नो सरकारको प्रतिरक्षा गर्ने कार्यकर्ताको भर्तीका लागि प्रक्रिया छोट्याएरै भए पनि कामहरू फटाफट भए । खाली ठाउँ पूर्ति गर्न कहीं बाँकी राखिएन । तर, सुन्दर भविष्यको कल्पना गरी प्रतिस्पर्धामा विश्वास गर्ने युवाहरू धेरै ठाउँमा परीक्षा दिनबाट बञ्चित भए । युवाहरूको भविष्यको चिन्ता गर्दै निष्पक्ष प्रतिस्पर्धा गराउने लोकसेवा आयोगलाई जानिजानी पदाधिकारी बनाइयो । कर्मचारीको वृत्तिविकासका काम रोकिए ।

धेरै समय सरकारले चाहेन । जतिबेला सरकारले नचाहँदा नचाहँदै पनि काम गर्नैपर्ने स्थिति हुँदै थियो, कोरोना बहाना बनेर आइदियो । एसइइलगायत विद्यालयका परीक्षामा अघिल्लो वर्ष त्यही भयो, यो वर्ष पनि त्यही हुँदै छ । लोकसेवा परीक्षा कोरोनाको बहानाले स्थगित गर्नुपर्ने अवस्था आयो । तर, लोकसेवाका पदाधिकारी भएको अवस्थामा हुने कर्मचारीको वृत्तिविकासका काम पनि अहिले पदाधिकारीविहीनता कारण ठप्प छन् ।

अब केही हुन्छ र केही गर्छौं भनेर बसेका युवाहरूको बारेमा ठोस चिन्ता र चासो नराख्ने सरकारजस्तै कोरोना पनि निष्ठुर बनेर आइरहेको अवस्था छ । कोरोना कहिले सकिन्छ, अनुमान लगाउन गाह्रो छ । के जहिलेसम्म यो रहन्छ तहिलेसम्म यसको बहानामा विकल्पबारे नसोच्ने त ? यो सोच्ने काम कसले गर्ने ?

टिप्पणीहरू