रुकुमका पत्रकारलाई मास्क र सेनिटाईजर

रुकुमका पत्रकारलाई मास्क र सेनिटाईजर

कोरोना संक्रमणको जोखिमका बिच अग्रपंक्तिमा काम गर्ने रुकुमका पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ रुकुमले मास्क र सेनिटाइजर उपलब्ध गराएको छ ।

जिल्लामा क्रियाशिल संचारकर्मी र संचारगृहलाई शुक्रबार १ हजार ५ सय ओटा मास्क र २५ ओटा सेनिटाईजर उपलब्ध गराइएको महासंघ जिल्ला शाखाका अध्यक्ष लक्ष्मण केसीले बताए ।

महासंघको एक टोलीले संचारगृह र संचारकर्मीहरु समक्ष पुगेर उक्त सामाग्रीहरु उपलब्ध गराएको हो । महासंघका अध्यक्ष केसीले सदरमुकाम बाहिर र रुकुम पूर्वका लागि महासंघका प्रतिनिधिहरु मार्फत आजै सामाग्रीहरु पठाईएको बताए ।

महासंघका अध्यक्ष केसीले जिल्लामा १९ गते देखि लाग हुने गरी निषेधाज्ञा जारी भएकोले यस्तो अवस्थामा संचारगृहले संचारकर्मीहरुको लागि घरमै बसेर काम गर्ने वातावरण मिलाईन दिन र संचारकर्मीहरु अत्यावश्यक अवस्थामा मात्र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी परिचय पत्रको साथमा रिपोर्टिङमा निस्कन अनुरोध गरेका छन् ।

टिप्पणीहरू